नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड

Read Time = 2 mins

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम आयोजना गरेको छ । कम्पनीले भदौ ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गर्नुभएको थियो । सो अवसरमा पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धिका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी प्रदान गर्नुभएको थियो ।

सो अवसरमा कम्पनीले विशिष्ट योगदान पुर्‍याउने दुई अभिकर्तालाई जनही एक लाखसहित विशेष सम्मान गरेको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको बोस्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पङ्गेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झन्डा फहराएकोमा सम्मान गरिएको छ । कार्यक्रममा सहभागी दुई सय पाँचजना अभिकर्तालाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रथम स्थान हासिल गर्नेलाई दुई लाख ५१ हजार, दोस्रोलाई एक लाख ३५ हजार र तेस्रोलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?