पश्चिम नवलपरासीबाट एक जना मिटर ब्याजी पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीमा एक जना मिटर ब्याजी पक्राउ परेका छन् भने तीन जना फरार छन ।

प्रतापपुर गाउपालिकाका जगदिश बनियाँलाई नवलपरासी प्रहरीले गिरफतार गरेको छ । प्रतापपुर गाउँपालिका वार्ड नम्बर ९ निवासी ५५ वर्षिय जगदिश बनिया विरुद्ध जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ठगी मुद्धा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बनियाँलाई पाल्हीनन्दन वार्ड नम्बर १ महेशपुरबाट गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक पाण्डेका अनुसार मिटरब्याजमा लगाई स्थानियवासीहरुलाई ठगि गरेका अन्य तीन जना सुनिल बनियाँ, सुरेश बनियाँ र सुजित बनियाँ भने फरार रहेका छन । पक्राउ गरिएका बनियाँलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो कार्यालय काठमाण्डौ पठाईएको छ ।

अहिलेसम्म नवलपरासीमा मिटरब्याज लगाई ठगी गरेको आरोमा १०८ जनाले जिल्ला प्रशासन कार्यालय परासीमा उजुरी गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?