अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका-६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।
सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो । सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ ।
स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्नुहुन्न । उहाँका श्रीमान्समेत शारिरीक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । रासस
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका