बागलुङमा महिलाको शव फेला

Read Time = 2 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङमा एक वृद्धा मृत शेला परेका छन् । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मीशेराको भण्डारमा ८४ वर्षीय खिपकला पाध्या कमेरे पाखाको भीरमा अड्कीएको अवस्थामा फेला परेकी हुन् ।

बुधबार साँझ परिवारसँगै खाना खाएर बिस्तरामा गएकी पाध्यालाई बिहिबार बिहान बिस्तरामा नदेखेपछि परिवारले खोजी गरेको थियो । स्थानीयको सकृयतामा खोजी गर्ने क्रममा उनको शव भिरमा अड्कीएको अबस्थामा फेला परेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार गोविन्द थापाले जानकारी दिनुभयो ।

उनी भिरमा कसरी पुगिन् भन्ने विषयमा खोजी भैरहेको थापाले बताउनु भयो । कुश्मीशेरा प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरी टोलिले घटनास्थल सुरक्षित गरेर अनुसन्धानको टोलिलाई खवर गरेको छ । ‘जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानको टोली आएपछि मात्रै हामिले शव उठाउने छौं’ थापाले भन्नुभयो ‘सडकको कठिनाईका कारण टोलि घटनास्थल पुग्न कठिन भैरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?