सांगठानिक हैसियतका आधारमा सिट बाँटफाँट हुनुपर्छ : अमर सिंह पुन

Read Time = 5 mins

-चन्द्रकान्त खनाल
रुपन्देही  । आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्ने आवश्यकता रहेको नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताउनु भएको छ ।

उहाँले रोल्पा र रुकुमलाई संकेत गर्दै, सो क्षेत्रमा नेकपा माओवादीले ६० प्रतिशत र काँग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरुको हैसियतको आधारमा सिट बाँटफाँट गर्दा जित्न सकिने बताउनु भयो ।
विहिवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको आगामी चुनावमा दलहरुको भूमिका विषेयक साक्षात्कार कार्यक्रममा वोल्दै सभापति पुनले हालै सम्पन्न स्थानिय तहको सिटको आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको ठोकुवा गर्नु भयो । उहाँले एमालेको पालामा ठूला ठुला भ्रष्टाचारका काण्ड बाहिर आएको समेत बताउनु भयो।

नेकपा एमाले लुम्विनी प्रदेशका उपाध्यक्ष एंव प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनको कुनै औचित्य नरहेको भन्दै, देश र जनताको पक्षमा नरहेको बताउनु भयो । उहाँले पाँच दलिय गठबन्धनले संविधानलाई कमजोर वनाएर देशलाई डुवाउने काम गरेको आरोप लगाउनु भयो ।

नेता श्रेष्ठले नागरिता ऐन, एमसिसि, एसपिपि जस्ता कुरालाई गठबन्धनले बढवा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाउँदै, एमाले वलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । एमालेले बहुमत ल्याउने दावी गर्नु भयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश संसदिय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनितिमा विश्वासको संकट भएको बताउनु भयो । उहाँले अघिल्लो स्थानिय तहको चुनावलाई हेर्दा पार्टी भित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै जनताले पनि आफ्नो स्वाभिमान विर्सिएकाले जसले धेरै पैसा बाँड्छ उसैलाई नै मत दिने भएकाले राजनीतिक दलहरु सुघ्रिने मौका नपाउने उल्लेख गर्नु भयो।
पहिले गरिएको एमाले माओवादी वामगठबन्धनमा शिर्ष नेताको अहंकारका कारण लामो समय टिक्न नसकेको जनाउँदै, वर्तमान लोकतान्त्रिक गठबन्धन भित्र विश्वासको वातावरण वढाउनुपर्ने बताउनु भयो ।
घर्तिले गत स्थानीय तहको चुनावलाई हेर्दा काँग्रेसले काँग्रेसलाई हराएको र काँग्रेसले माओवादी उम्मेदवारलाई मत नदिएर हार खाएको स्मरण गर्दै विश्वासलाई समटेर आगामी निर्वाचनमा जान आग्रह गर्नु भयो ।

यद्यपी, गठबन्धन भित्र विश्वास नभएर घात गरेर जाने हो भने, गठबन्धन गर्न आवश्यक नरहेको भन्दै एक्लाएक्लै चुनाव लडेर आफ्नो राजनीतिक दलको नैतिकता जोगाउँदा राम्रो हुने उहाँको भनाई थियो ।

नेकपा एसका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार वढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने बताउनु भयो । नेता गुरुङले संघीयता, संविधान, धर्मनिरपेक्षता र लोकतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्नका निम्ति गठबन्धनलाई कसिलो, मजबुत बनाएर आगामी निर्वाचनमा जाने तयारी भैरहेको बताउनु भयो ।

गठबन्धनमा नेकपा एसलाई तेस्रो स्थान हुनेगरी दावी गर्दै लुम्विनी प्रदेशबाट रामकुमारी झाँक्री सहित ४ जनाको उम्मेदवारी हुने बताउनु भयो ।
रुपन्देही क्षेत्र नं.२ मा नेकपा एसको दावी रहेकोले एमालेका विष्णु पौडेलको विरुद्ध आफुले उम्मेदवारी दिने उद्घोष गर्नु भयो । रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा र तेजेन्द्र केसीको संञ्चालनमा कार्यक्रम भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?