एकीकृत समाजवादीको स्थापना दिवस कार्यक्रममा आएनन् चार पूर्वमन्त्री, असन्तुष्टि कायमै

Read Time = 2 mins

काठमाडौं । एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो ।

एकीकृत समाजवादीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ । काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टीबाट मन्त्री भएका चारजना कतै देखिएनन् ।

पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागी हुनु भएन । उहाँहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । झाँक्री पार्टी सचिवसमेत हुनु हो ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो ।
एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र सम्माननित नेतामा झलनाथ खनाल हुनु हुन्छ । सो पार्टीमा पदाधिकारी १७ जना छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?