गम्भीर रोग लागेका बिरामीलाई महानगरले मासिक पाँच हजार उपचार खर्च दिने

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको हो ।

महानगरले बिहीबार सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराइने बताएको छ । महानगरले तोकिएका बिरामीलाई निवेदन दिन सूचनामार्फत आग्रह गरेको छ । महानगरको ३१ साउनको निर्णयअनुसार बिरामीको विवरण माग गरिएको हो ।

महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा–सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीलाई बिरामीको विवरण कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिन भनिएको छ ।

निवेदन दिन नेपाली नारिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरेर आएको हकमा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएका अन्य कागजात र मेरुदण्ड पक्षघात भएका व्यक्तिका हकमा अपांगता परिचयपत्रको ९रातो वा नीलो० प्रतिलिपि बुझाउन महानगरले आग्रह गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?