-डम्बर बोहरा
बैतडी । बैतडीमा छुट्टाछुट्टै जबरजस्तीकरणीको आरोपमा एक शिक्षक र स्वास्थ्य कर्मी पक्राउ परेका छन् ।
मेलौली नगरपालिका ५ का ३५ वर्षीय शिक्षक किशोर जोशीले ट्युसन पढ्न आएकी किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शिक्षक जोशीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका २७ वर्षीय अहेव खगेन्द्र धामी पक्राउ परेका हुन् । स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका महिलामाथी जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवंम प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
अहेव धामीलाई गत सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै घटनामाथि थप अनुसन्धान चलिरहेको उहाँले बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका