बार्सिलोना र सिटीको बराबरी

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । क्याटलान क्लब बार्सिलोना र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । बुधबार राती भएको खेलमा बार्सिलोना र सिटीले ३-३ गोलको बराबरी खेलेका हुन् । घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलियन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गर्नुभयो ।

खेलको २१औँ मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले अग्रता लिएको थियो । २९औँ मिनेटमा औवामियाङले बराबरी गोल फर्काउनुभयो । ६६औँ मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २-१ को अग्रता दिलाउनुभयो । ७०औँ मिनेटमा कोल पाल्मेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउनुभयो ।

७८औँ मिनेटमा परिवर्तित खेलाडी डिपाएले गोल गर्दै बार्सिलोनालाई पुनः ३-२ को अग्रता दिलाउनुभयो । त्यसपछि इन्जुरी समयको थप गरिएको नवौँ मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई हारबाट जोगाउनुभएको थियो ।

नशासम्बन्धी घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउन यो मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यस खेलबाट सङ्कलित रकम उक्त रोगसम्बन्धी काम गर्दै आएको लुजोन फाउन्डेसनमा पनि दिइनेछ । यसबाहेक खेलमा पूर्वस्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम सङ्कलन गरिनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?