छन्त्यालद्वारा भलिबल सङ्घको महासचिवमा उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल भलिबल सङ्घका सचिव मनवीर छन्त्यालले आगामी निर्वाचनमा महासचिवमा उम्मेदवारी दिनुहुने भएको छ । सदस्य हुँदै बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालिरहनुभएका छन्त्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत् उम्मेदवारी घोषणा गर्नुभएको हो । दुई सातापछि हुने निर्वाचनका लागि उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । उपाध्यक्ष निरोज मास्केले अध्यक्षमा यसअघि नै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । मास्केको घोषणासभामा छन्त्याल उपस्थित हुनुभएकाले दुवैजना एकै प्यानलबाट निर्वाचनमा उठ्ने तयारी गर्नुभएको छ ।

‘एक पद एक ग्राउन्ड, एक रेफ्री एक प्रतियोगिता, एक कोच एक टिम, भलिबलमा विगतका राम्रा हरेक गतिविधिलाई समेट्दै पारदर्शिता, निष्पक्ष, संस्थागत विकास, व्यवस्थापकीय सुधार, खेलको व्यावसायीकरण विगतका दिनदेखि आजसम्म आइपुग्दा मेरो आज भलिबलसँग नङ र मासुको सम्बन्ध जति छ त्यति नै सम्बन्ध रहेको छ,’ उम्मेदवारी घोषणा गर्दै उहाँले भन्नुभयो ।

ढोरपाटन महिला लिगका संस्थापक अध्यक्षसमेत रहनुभएका छन्त्यालले आफू सानै उमेरदेखि भलिबल खेल्न थालेको स्मरण गर्दै सङ्घको सदस्य हुँदै सचिवसम्म आइपुग्नुभएको हो । भलिबल सङ्घको निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ । अध्यक्षमा मास्के र महासचिवमा छन्त्यालबाहेक अन्य कुनै व्यक्तिले औपचारिकरूपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

महिला भलिबल लिगमा ४५ वटा स्कुटीबाट खेलाडीलाई पुरस्कृत गरेको सम्झना गराउँदै छन्त्यालले आफूले खेलजीवनमा एउटा पुरुष बीच भलिबल, दुईवटा अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिएको बताउनुभएको छ । खेलाडी, रेफ्री, प्रशिक्षक, आयोजकसँगै भलिबलमा व्यवस्थापनको पनि अनुभव आफूसँग रहेको छन्त्याल बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?