केन्यामाथि नेपालको सहज जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी-ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २३, आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहनुभयो ।

यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । उसका लागि इरफान कार्मीले ३४ रन बनाउनुभयो भने लुकास ओलुच ३१ रनमा अविजित रनुभयोे । नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिनुभएको थियो ।

जितसँगै पाँच खेलको श्रृंखलामा नेपालले १-० को अग्रता बनाएको छ । नेपाल पाँच खेलको टी-ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो । यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो । पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी-ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?