स्विट्जरल्याण्डको हिमनदीमा हिउँको मात्रामा तीव्र गिरावट

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

स्विट्जरल्याण्ड । स्विट्जरल्याण्डका हिमनदीमा सन् १९३० को प्रारम्भदेखि आधा मात्रा हिउँ घटेको एक नयाँ अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबारे बढ्दो चासोबीच हिउँ संरचनाको गिरावट आएको फक्स न्यूजले आफ्नो एक रिपोर्टमा जनाएको छ । सन् २००० देखि वैज्ञानिकहरू हिमाली भेग र अन्य क्षेत्रमा तीव्र ढंगले पग्लिएका हिमनदीबारे नजिकबाट अवलोकन गरिरहेका छन् । उनीहरूका अनुसार जलवायु परिवर्तनले यस्तो हिमनदी पग्लिएको हो ।

पछिल्लो अध्ययन गर्ने अन्वेषकहरूले २०औँ शताब्दीमा टोपोग्राफिकल परिवर्तनहरूको विश्लेषणको आधारमा स्विट्जरल्याण्डमा हिउँको क्षतिको पहिलोपटक पुनर्निर्माण गरे ।

सन् १९३० देखि २०१६ सम्म अध्ययन गरेको ८६ वर्षको अवधिमा हिमनदीहरूमा बरफको मात्रा आधाले घटेको उनीहरूले बताएका छन् । ६ वर्षमा मात्रै हिमनदीहरूले आफ्नो द्रव्यमानको १२ प्रतिशतले घटेको वैज्ञानिकहरूको भनाइ छ । उक्त अध्ययन साइन्टिफिक जर्नल क्राइसोफेयरमा प्रकाशित छ । ‘हिम नदीको गिरावट तीव्र ढंगले भएको छ’, अध्ययनमा भनिएको छ । एजेन्सी ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?