गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । लामो केश, आँखामा चश्मा, चकलेटी अनुहार भएका नायक प्रदीप खड्काले विशेषगरी लुक्सकै कारण युवा दर्शक धेरै पाउनुभयो । प्रदीपको स्टारडमकै कारण चलचित्र हेर्न हलसम्म पुग्ने दर्शक धेरै छन् । प्रेमगीतका सिरिजमा देखिनुभएका प्रदीपलाई चलचित्र ‘प्रकाश’मा भने निकै फरक पाइन्छ ।
जुम्लाको विकट क्षेत्रको एक युवा जो सरकारी शिक्षक बन्न संघर्ष गरिरहेको छ । सशस्त्र युद्धबाट बेपत्ता भएका बुबा फर्किने आशा र जागिर खाने सपना पूरा गर्न हलो जोतेरै संघर्ष गर्ने युवकको भूमिकामा अभिनेता प्रदीप खड्का हुनुहुन्छ । प्रदीपले निभाएको प्रकाशको भूमिकामा डुब्दा लाग्दैन कुनै लकलेटी नायक हुन् । आफ्नो भूमिकालाई न्याय गर्नुभएका प्रदीपको अभिनयलाई लिएर तारिफ गर्न थालिएको छ ।
बुधबार साँझ काठमाडौंको बिग मुभिजमा गरिएको प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । ‘चलचित्रको पोष्टर हेरेदेखि नै यो चलचित्र कस्तो होला भन्ने उत्सुकता थियो । प्रदीप खड्काको काम देखेर म अचम्म परेँ । निकै राम्रो काम गर्नुभएको छ ।’ चलचित्र हेरिसकेपछि नायिका नम्रता श्रेष्ठले भन्नुभयो, ‘निर्देशक दिनेश राउतको काम सधैं राम्रो हुन्छ । चलचित्रको सबैपाटो निकै मनपर्यो ।’ यस्तै चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि अभिनेता प्रदीप खड्काको तारिफ गर्नुभयो । उहाँले भन्नुभयो, ‘विशेषगरी यो चलचित्र नेताहरूलाई देखाउनुपर्ने चलचित्र हो । यो चलचित्र एकपटक हेरेपछि मन ढक्क हुन्छ । निर्देशकीय पाटोदेखि कलाकारहरूले गरेको जीवन्त अभिनयले मलाई निकै मन पर्यो ।’
‘लाइगर’लाई मल्टिप्लेक्स चेन क्युएफएक्समा ६५ शो दिँदा ‘प्रकाश’ लाई १६ र ‘राधा’ लाई जम्मा १४ शो दिइएको छ ।’
अर्का निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले पनि चलचित्र हेरिसकेपछि आफूलाई चलचित्रको ट्रेलर हेरेदेखि नै मन परेको र पूरा चलचित्र हेरेपछि आफ्नो मन छोएको बताउनुभयो । साथै खगेन्द्रले प्रदीपले यस्तो किसिमको काम गर्दा अचम्म लागेको बताउनुभयो । ‘प्रदीपको काम गरेर अचम्म परेँ । यो किसिमको काम गरेको देख्दा निकै मज्जा लाग्यो । यस्तो किसिमको चलचित्र मलाई निकै मनपर्छ’, खगेन्द्रले भन्नुभयो, ‘चलचित्रको मेकिङदेखि कलाकारको काम तारिफ योग्य छ ।’
कलाकार सौगात मल्ले चलचित्र रिलिज भएपछि पहिलो शो हेर्छु भनेर आतुर भएको र प्रिमियरमै हेर्न पाउँदा खुशी लागेको बताउनुभयो । विशेषगरी फरकधारको चलचित्र हेर्न रुचाउने सौगातले ‘प्रकाश’को हरेक कुरा उत्तिकै मन परेको बताउनुभयो । साथै नायिका सृष्टि श्रेष्ठले पनि चलचित्र हेर्दै गर्दा जुम्लामै गएको आभास भएको र त्यहाँको महसुस गर्न पाएको बताउनुभयो । सौगात र सृष्टिकै मुख्य अभिनय रहेको चलचित्र ‘राधा’ पनि आज शुक्रबारबाटै देशभर प्रदर्शनमा आउँदैछ । ‘प्रकाश’ र ‘राधा’ एकै मितिमा प्रदर्शनमा आएपछि एकअर्काको टिमलाई शुभकामना दिँदै दुवै टिमका कलाकार तथा निर्माण टिम प्रिमियरमा उपस्थित भएका थिए । बिहीबार साँझ सम्पन्न ‘राधा’को प्रिमियरमा पनि ‘प्रकाश’को टिमको उपस्थिति थियो ।
विदेशी फिल्मको चेपुवामा
प्रदर्शनमा आएका ‘प्रकाश’ र ‘राधा’ दुवैले उच्च शो पाउन सकेका छैनन् । दक्षिण भारतीय चलचित्र ‘लाइगर’ पनि सँगै प्रदर्शनमा आएको छ । सिनेमा हल मालिकहरूले ‘लाइगर’को छेऊमा नेपाली चलचित्रलाई निकै कम शो दिएका छन् । बिहीबारबाटै प्रदर्शनमा आएको ‘लाइगर’लाई मल्टिप्लेक्स चेन क्युएफएक्समा ६५ शो दिँदा ‘प्रकाश’लाई १६ र ‘राधा’लाई १४ शो दिइएको छ । साउथको चलचित्रको अगाडि अभिनेता प्रदीप खड्काको स्टारडमलाई पनि विश्वास नगरेको देखिन्छ ।
यसैबीच आफ्नो चलचित्रले कम शो पाएपछि अभिनेता प्रदीप खड्काले प्रतिस्पर्धामा बाहिरको चलचित्र रोक्नुपर्छ भन्ने धारणा आफ्नो नरहेको र प्रदर्शनपछि माग बढेमा शो पनि बढ्नेमा विश्वास राख्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका