नेपाली अभिनेत्री मुनाले रणवीर सिंहसँग फिल्म खेल्दै

Read Time = 1 min

काठमाडौं । नेपाली कलाकारलाई बलिउडमा काम गर्नु सफलता मानिन्छ । बलिउडका स्टार कलाकारसँग तस्वीर खिचाउनु पनि नेपाली कलाकारले ठूलै सफलता मान्छन् ।

यसैबीच नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सिंहसँग चलचित्रमा काम गर्ने हुनुभएको छ । बिहीबार रणवीरसँग सेल्फी खिचेको पोष्ट सार्वजनिक गर्दै छिट्टै चलचित्र खेल्न लागेको जानकारी दिनुभएको हो ।

तर चलचित्रको विषयमा उहाले अन्य जानकारी दिनुभएको छैन । रणवीर र मुना सेल्फीमा निक्कै खुशी देखिनुभएको छ । अभिनयका लागि मुनाले आफू ज्याकलिन फर्नान्डिज र वरुण धवनबाट प्रभावित भएको बताउँदै आउनु भएको छ ।

नेपालमा चलचित्र ‘जालो’बाट अभिनय करिअर सुरु गर्नुभएकी मुना पछिल्लो समय मोडलिङ र अभिनयका लागि मुम्बईमा बस्दै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?