सिजी इलेक्ट्रोनिक्सको चाडपर्व अफर

Read Time = 2 mins

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘सिजीसँग यो पर्व, गरौँ गर्व’ नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ४६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहार जित्न सकिनेछन् । कम्पनीका अनुसार ग्राहकवर्गले सिजी ब्रान्डका साथै सिजी ब्रान्डअन्तर्गतको सिजी मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्ट घर ल्याई गर्वसाथ नेपालको आफ्नै गुणस्तरीय ब्रान्ड प्रयोग गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले सिजी ब्रान्डका सिङ्गल डोर रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनर खरिदमा आकर्षक क्यासब्याक पाउन सक्नेछन् ।

त्यस्तै सिजीका ४३ इन्चसम्मका टिभी खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्चभन्दा माथिका टिभीमा खरिदमा २.१ स्पिकर उपहार पाउन सक्नेछन् भने सिजी डबल डोर रेफ्रिजेरेटर खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजेरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभ खरिदमा एलजी कुकिङ किट, फ्रन्ट लोड वासिङ मेसिन खरिदमा छ केजी एरियल, सेमी तथा टप लोड वासिङ मेसिन खरिदमा दुई केजी एरियल, डिस वासर खरिदमा दुई प्याकेट डिस वास प्याकेट तथा एसी खरिदमा निःशुल्क जडानजस्ता पक्का उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?