बालेनलाई बस्नेतको कटाक्ष– डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् ।

पछिल्ला दिन प्रमुख साहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिनुभएको छ । यस्ता कार्यमा उहाँ आफै उपस्थित भएर गर्ने गर्नुभएको छ । यसैप्रति असन्तुष्टी जनाउँदै बस्नेतले साहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गर्नुभएको छ ।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसि लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख साह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई साहले उक्त संरचना भत्काउनुभएको थियो ।

‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले साहलाई निम्तो दिनुभएको छ ।

बस्नेताले २र४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि साहलाई आग्रह गर्नुभएको छ ।

‘बिगतका यस्ता २र४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला,’ बस्नेतले फेसबुकमा लेख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?