एउटै तिथिमा जन्ममृत्यु भएका मोतीराम

विश्वनाथ खरेल
Read Time = 13 mins

मोतीराम भट्टको जन्म विसं १९२३ साल भदौ २५ गते शनिबारका दिन भएको थियो । यस दिन भ्रादकृष्ण पक्षको कुशेऔँसीको दिन परेको थियो । उनको जन्म नेपालको राजधानी काठमाडौँको भोसिको टोलमा भएको थियो । फलतः मोतीराम भट्टको बंश चाहिँ कुमाउगढबाट आएका थिए । यसरी मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए । दयाराम भट्टका प्रथम पुत्र चाहिँ जन्मनासाथ दिवंगत भएका थिए । यसले गर्दा मोतीराम भट्टलाई दीर्घजीवी राख्न उनका मातापिताले यिनका नाकको दाहिने पोरा छेडिदिएका थिए । मोतीरामको नाक छेडेपछि उनका साथीहरूले केटी भनेर गिज्याउने गर्ने कुरा तत्कालको समाजमा चर्चाका रूपमा रहेको थियो ।

यिनले सानै उमेरदेखि नै अक्षरारम्भ गरेका थिए । यिनी ६ वर्षको उमेरमा काशी गएर आफ्ना हजुरबाबु हजुरआमासँग बसेर विद्या हासिल गरेका थिए । त्यहाँ यिनी फारसी स्कुलमा भर्ना भए र त्यहीँ बस्ताबस्तै यिनले फारसी र उर्दू पढ्न थाले । यसरी काशीमा यिनको भेट भारतेन्दु हरिश्चन्द्रसँग भयो, भारतेन्दु मोतीराम झैँ पोख्त थिए । भारतेन्दुसँग गहकिलो संगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र पढाइमा पनि समर्पित भइरहे । मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अंग्र्रेजी भाषामा पनि दक्ष हुनथाले । वनारसमा यिनले हरिश्चन्द्र स्कुलमा अंग्र्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए । उनी पढ्दापढ्दै आठ वर्षको उमेरमा वनारसमा नै यिनको व्रतबन्ध गरियो ।

यसै क्रममा वनारस बस्दा उनले गजल गाउन र सितार वादन सिके । वनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए । करिब आठ वर्ष वनारस बसेर उनी विसं १९३७ सालमा पुनः काठमाडौं भित्रिए । त्यसै साल यिनले १५ वर्षको उमेरमा बिहे गरे । विवाहपछि यी केही दिन काठमाडौँमा नै बसे । त्यस बेलासम्म उनी नेपाली भाषामा लेखिएका मीठा मीठा गीत, कविता, भजन र गजल सुन्नबाट वञ्चित थिए । वनारसमा बस्ता यिनले चार सय जति शायरीहरू लेखिसकेका थिए तर त्यस बेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै थिएनन् ।

मोतीरामले वनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे । त्यहीँ यिनले समस्या पूर्तिका कवितालगायत अन्य फुटकर कविता र गजल लेखनको अभियान पनि चलाए । यस कार्यक्रममा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, नरनाथ, तेजसिंह र तेजबहादुर राना थिए ।

त्यसै बखत यिनले नरनारीका युगल, दोहरी र जुहारी गीत सुन्न पाए । वास्तवमा त्यस बेला सुनेको रसिया गीतले यी मोहित पनि भए । त्यसपछि उनले यस्ता मीठा गीतहरूलाई हृदयमा रोप्न थाले, मस्तिष्कमा खेलाउन थाले र स्वरद्वारा प्रस्तुत गर्न थाले । अनि केही दिनपछि उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी पनि जन्ती गए । त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने कुराको उनलाई ज्ञान भयो । अनि नेपाली साहित्यलाई कसरी विकास गर्न सकिन्छ भन्ने मनसाय यिनको मनमा आयो ।

यसको साथ साथै केही समय काठमाडौंमा बसेपछि आफ्नी पत्नीसहित उनी विसं १९३८ को पुसमा काशी गए । काशी पुगेर यिनले भारत जीवनु भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण ल्याई यसको प्रकाशकीय र सम्पादकीय लेखेर भारत जीवन छापाखानासँग सम्बन्धित पनि बने । यो छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू छाप्ने मौका पनि पाए । त्यसै बेला यिनले वनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे । त्यहीँ यिनले समस्या पूर्तिका कवितालगायत अन्य फुटकर कविता र गजल लेखनको अभियान चलाए । वनारसमा यस कार्यक्रममा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, नरनाथ, तेजसिंह र तेजबहादुर राना थिए ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५६औँ जन्मजयन्ती यही भाद्र ११ गते नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मोतीरामको योगदान भानुभक्तलाई चिनाउने कामका मात्र सीमित छैन । उनको योगदान र कीर्तिमान विभिन्न क्षेत्रमा रहेको पाइन्छ । त्यसमध्ये एउटा नेपाली भाषामा पत्रकारिताको श्रीगणेश गर्ने ऐतिहासिक कार्य पनि हो । जसमा विश्वका कतिपय भाषामा पत्रपत्रिका प्रकाशित भइसक्दा पनि नेपाली भाषामा नेपालभित्र वा बाहिर कुनै पत्रिका प्रकाशित भएको थिएन । त्यसबेला देशमा राणा शासनको अन्धकार युग भएकाले पत्रिका प्रकाशित गरेर राणालाई रिस उठाउने काम गर्न कसैले आँट गर्न सकिरहेको थिएनन् भने अर्कोतर्फ शिक्षित एवम् बौद्धिक जनसमुदायको पनि ठूलो खडेरी थियो ।

हाम्रो छिमेकी देश भारतमा भने हिन्दी, उर्दू, फारसी, बंगाली, मराठी, अंग्र्रेजी आदि विभिन्न भाषामा पत्रपत्रिका निस्कने लहर तीव्र गतिमा चलिरहेको थियो । त्यसै समयमा वनारसमा रहेका मोतीराम भट्टलाई आफ्नो नेपाली भाषामा भने अहिलेसम्म कतैबाट पनि कुनै पत्रिका ननिस्केकोमा निकै हुट्हुटी लाग्यो र उनले वनारसमै प्रेस सञ्चालन गरेर बसेका मित्र रामकृष्ण बर्माको सहयोग लिई उनकै प्रेसबाट ‘गोर्खा भारत जीवन’ नामक साहित्यिक मासिक पत्रिका निकालेका थिए । यो नै नेपाली भाषाको पहिलो पत्रिका बन्न गयो ।

त्यस पत्रिकाबारे धेरै तथ्य अझै अस्पष्ट र अज्ञात नै छन् । नेपाली भाषामा पनि पत्रिका प्रकशित गर्न सकिँदो रहेछ भनेर नेपालका युवामा आत्मविश्वास र प्रेरणा जागरण भएको थियो । यसैको परिणामस्वरूप विसं १९५५ मा काठमाडौँबाट नेपालको पहिलो पत्रिका ‘सुधासागर’ साहित्यिक मासिक प्रकाशित भयो । त्यसपछि विसं १९५८ मा पहिलो नेपाली अखबार ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित भयो । यसरी मोतीरामले वनारसबाट पत्रिका निकालेर नेपाली पत्रकारिताको बीजारोपण गरेका थिए । त्यसैले नेपाली साहित्यमा मात्र होइन, पत्रकारितामा पनि मोतीरामको ऐतिहासिक योगदान रहेको छ ।

युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी साहित्यको शृंगार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनाका साथै देशमा छापाखानासमेत भित्र्याउनमा पनि सहयोग गरेका थिए । यसलगायत भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए । यसरी आदिकवि भानुभक्तलाई चर्चामा ल्याउने काम उनैले गरेका थिए । यसरी भट्टका भानुभक्तको जीवनचरित्र ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् । शृंगारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोतीमण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएका नेपाली साहित्यका विभिन्न विधाबाट अवगत हुन आउँछ ।

तीस वर्षको कलिलो उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । मूलतः नेपाली साहित्यको शृंगार रसको श्रीवृद्धिमा योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए ।

यसको साथसाथै नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा भट्टले लेखेका गजल व्यंग्यात्मक शैलीका समेत हुन्थे । ‘जता हे¥यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उहाँका गजलका नमुना हुन् । समग्रमा भन्नु पर्दा नेपाली साहित्यका एक उज्ज्वल तारापुञ्जका रूपमा रहेका मोतीराम भट्ट विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उहाँको निधन भएको थियो ।

तीस वर्षको कलिलो उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए । मूलतः नेपाली साहित्यको शृंगार रसको श्रीवृद्धिमा योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनले नै पाएका छन् । त्यस अवस्थामा उनले भानुभक्तको जीवनी गद्यमा लेखे । अत्यन्तै सिर्जनशील युवक मोतीरामको करिब सात महिनासम्म रोगले ग्रस्त भएर ३० वर्षकै कलिलो उमेरमै विसं १९५३ साल कुशेऔँसीकै दिन निधन भयो । अतः बाँच्ने आस मरेपछि उनलाई केही दिन पशुपतिको आर्यघाटमा राखिएको थियो ।

त्यतिखेर देवशमशेर स्वयं उनलाई भेट्न आर्यघाटमै गएका थिए । मोतीराम एक कुशल, असल, सुधारवादी सोच भएका हुनाले देवशमशेर आफ्नो अत्यन्तै प्रतिभाशाली मित्रको अवस्था देखेर ज्यादै दुःखित थिए । उनी आफू प्रधानमन्त्री भएपछि मोतीरामसँग मिलेर राष्ट्रकै लागि धेरै महत्वपूर्ण काम गर्ने सोचमा थिए । तसर्थ मोतीरामको अल्पायुमै निधन हुनु राष्ट्रिय सन्दर्भमा युगयुगकै लागि अपूरणीय क्षति भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?