सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले दिएको निर्देशन अनुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।

बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले तीन सिटको दाबी पेश गरेका छन् ।

सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिनादेखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । कार्यदलको बैठकले विस्तृत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शिर्ष नेताले अन्तिम निर्णय लिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?