चोलेन्द्रविरुद्ध प्रमाण, कागजात भए उपलब्ध गराउन समितिको आह्वान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन आग्रह गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राणाविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग ‘अध्ययन’ गरिरहेको समितिले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेको हो ।

समितिले जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ।

समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो।

महाभियोग सिफारिस समिति ११ सदस्यीय छ ।

गोरखापत्रमा जारी सूचनामा भनिएको छ-
सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराका विरुद्ध नेपालको संविधानको धारा १०१ को उपधारा ९२० तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधि सभाका एक चौथाई भन्दा बढी सदस्यहरुले महाभियोग प्रस्ताव पेस गर्नु भएकोमा सो महाभियोग प्रस्ताव सम्बन्धमा नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको मिति २०७९/५/८ को बैठकले ‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?