साउदी अरबद्वारा पाकिस्तानमा एक अर्ब डलर लगानी गर्ने घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

रियाद । साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

साउदी अरबको विदेश मन्त्रालयले ट्वीटर मार्फत यो घोषणा गरेको हो । साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको खस्कदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्वीटरमा उल्लेख गरेको छ । यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएएको बताइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?