नेसनल किड्सले देखाए प्रतिभा

Read Time = 3 mins

काठमाडौं । दोश्रो नेशनल किड्स अफ द इयर २०२२ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा सिनियर र जुनियर प्रतिस्पर्धीहरुले नृत्य, गायन, कविता वाचन, चित्रकला, अभिनयजस्ता विविध कला प्रस्तुत गरे ।

ट्यालेन्ट शोको निर्णायकमा नेपालका राष्ट्रिय फुटबल टिमका पूर्व क्याप्टेन हरि खड्का, बरिष्ट कलाकार बीरेन्द्र हमाल, अभिनेत्री एनी कुँवर, अभिनेता गजित बिष्ट, उधमी खुसी पाठकलगायत थिए ।

इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा हुँदै गरेको यो प्रतियोगिताको फाइनलमा ४४ जना प्रतिस्पर्धी रहेको छन् । स्वस्तिका राजभण्डारीको कोरियोग्राफीमा अहिले प्रतिस्पर्धीहरु विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् ।

प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई सोफिया महर्जन कार्कीले पब्लिक स्पिच, वरिष्ठ कलाकार वीरेन्द्र हमालले बडी ल्याँग्वेज र अभिनय, लिजा श्रेष्ठले डान्सको प्रशिक्षण दिइरहेका छन् ।

आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारका अनुसार कोरोनाको महामारीपछि बालबालिकाहरूको व्यक्तित्व विकास र उनीहरूको प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको हो ।

नेशनल किड्स अफ द इयरको चयन आगामी २५ भदौमा काठमाडौंको थापाथली स्थित ब्लुबर्डको फायरिङ प्यानमा भव्य समारोहबीच हुने भएको छ । सिनियर र जुनियर गरेर यो प्रतियोगितामा ४ जना बिजेता चयन हुनेछन् ।

प्रतियोगिताको बिजेताले जनही २५ हजार रुपैयाँ विदेशमा हुने अन्तराष्ट्रिय बाल पेजेन्टमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?