सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडाध्यक्ष घर-घरमा

हिमालय टाइम्स
Read Time = 1 min

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडा नम्वर-१ का नवनिर्वाचित वडा अध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहनुभएकाे छ ।

भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौरगाउमा रहेको मतदाताको घरआँगनमा पुगेको बताउनुभयाे ।

एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई भत्ता बुझ्ने ठाउँसम्म पुग्न कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर वितरण गरेको उहाँले बताउनुभयाे ।

‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो,' अध्यक्ष भण्डारीले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?