स्थानीय तहको निर्वाचनकै आधारमा सिट बाँडफाँट : नेता कोइराला

Read Time = 1 min

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उहाँको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उहाँको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उहाँले गठबन्धनका दल सहमतिमा आउने बताउनुभयो ।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उहाँले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?