आफ्ना कार्यकर्तालाई प्रचण्डको आग्रह: हर्क साम्पाङबाट प्रेरणा लिनू

Read Time = 2 mins

सुनसरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी हुनुभएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

मेयर साम्पाङको निम्तोमा धरान पुग्नुभएको प्रचण्ड वृक्षारोपणमा सहभागी हुनुभयो । वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै प्रचण्डले साम्पाङ धरानका लागि अवसर भएको टिप्पणी गर्नुभयो । माओवादीले गर्ने कार्य साम्पाङले गरेको भन्दै प्रशंसा गर्नुभएका प्रचण्डले देशभरका सबै श्रमजिवी जनतालाई पनि साम्पाङबाट प्रेरणा लिन आग्रह गर्नुभयो ।

आफू र आफ्नो पार्टीको साथ र समर्थन रहेको साम्पाङलाई जानकारी गराउँदै प्रचण्डले जनताको साथ र समर्थन पाइराख्न आग्रह पनि गरे ।
मेयर साम्पाङको आह्वानमा हरेक शुक्रबार वृक्षारोपण कार्यक्रम हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?