ब्यापारीलाई कर शिक्षाका बारेमा सचेत गराउँदै भोजपुर बाणिज्य संघ

Read Time = 4 mins

-निरोज कोइराला
भोजपुर । भोजपुरका ब्यवसायीहरुका लागि कर शिक्षाका बिषयमा स्पष्ट पार्न उद्योग बाणिज्य संघ भोजपुरले बजार अनुगमन तथा सचेतना अभियान शुरु गरेको छ । आफना ब्यवसायीहरुका गुनासो सुन्दै कर शिक्षा लगायतका बिषयमा ब्यवसायीहरुलाई सचेत गराउन भोजपुरमा पनि यो अभियान शुरु गरिएको उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बता्उनुभयो ।

अध्यक्ष मोक्तानले भन्नुभयो, “सवै ब्यवसायीहरुले कर शिक्षाका साथै अखाद्य बस्तुहरुको बिक्री बितरण लगायतका बारेमा जान्नु आवश्यक छ, कस्तो बिल चलाउने, खरिद बिक्री खाता कस्तो राख्ने यस बिषयमा पनि सचेत हुन जरुरी छ ।” हामी सोही जानकारी गराउँदै सरकारले अघि सारेको कर लगायतका बिषयमा पनि ब्यवसायीलाई जानकारी गराउने उद्धेश्यले जिल्ला तहमा यो अभियान सुरु गरेको हौ ।

उद्योग बाणिज्य संघ भोजपुरले शुरु गरेको बजार अनुगमन तथा सचेतना कार्यक्रमले ब्यवसायीहरु समेत उत्सायी बनेका छन । अभियानका क्रममा कर शिक्षा लगायतका बिषयमा ब्यवसायीहरुलाई समेत सचेत गराउने काम गरिएको उद्योग बाणिज्य संघ भोजपुरका कार्यालय सचिव मिना कार्कीले बताउनुभयो । अस्ष्ट रहेका ब्यवासायीहरुलाई पनि सचेत गराउने काम यो अभियानले गरेको छ कार्कीले भन्नुभयो ।
सचेतना कार्यक्रमले ब्यवसायीहरुलाई समेत नबुझेका कुराहरु बुझ्नमा सहज भएको उद्योग बाणिज्य संघ भोजपुरका सदस्य तथा ब्यवसायी अनिल बस्नेतको भनाई रहेको छ । बस्नेत भन्नुहुन्छ, “कस्तो बिल प्रयोग गर्ने, पान नम्वरहरु कसरी लिने, कहाँ कहाँ जाने लगायतका बिषयमा पनि ब्यवसायीहरुले सचेतना कार्यक्रम मार्फत जानकारी पाउनु भएको छ ।

कर कार्यालय, अनुगमन समितिहरुले समेत बजार अनुगमन समय समयमा गर्ने गरेको जसका कारण ब्यवसायीहरु समेत मारमा पर्ने गरेकाले ब्यवसायीहरु सचेत हुनु जरुरी रहेको उद्योग बाणिज्य संघका उपाध्यक्ष निरकुमार बिश्वकर्मा बताउनुहुन्छ ।

उद्योग बाणिज्य संघ भोजपुरले शुरु गरेको सचेतना अभियानले ब्यवसायीलाई समेत राहत मिलेको छ । भोजपुर उद्योग बाणिज्य संघले बजारका साथै पोखरे लाइन, देउराली, डाँडागाउँ, पानीटंयाकी लगायतका क्षेत्रहरुमा बजार अनुगमन तथा सचेतना कार्यक्रम गरेको हो । यो अभियान क्रमिकरुपमा जिल्लाका ग्रामीण क्षेत्रहरुमा समेत संचालन गरिनु पर्ने बताउँदै ब्यवसायी शम्भु आचार्यले यस्ता कार्यक्रम ब्यवसायीका लागि प्रभावकारी हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?