थप ३२४ जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाए अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ४१८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?