साफका लागि भुटानी टोली नेपालमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउन भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो ।

भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । च्यापियनसीपमा भुटान समूह ‘बी’मा छ । भुटानको समूहमा श्रीलंका र नेपाल रहेका छन् ।

उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेलतालिका छ तर केही समयअघिमात्र फिफाले अखिल भारत फुटबल महासंघलाई निलम्बन गरसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ जनाउँदैन भन्ने निश्चित छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?