क्रिकेट खेलाडीलाई सम्मान गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा क्रिकेट अवार्ड भदौ महिनामा हुनेभएको छ । खेलाडीले खेल क्षेत्रमा गरेको उल्लेखनीय मिहिनेतको मूल्यांकन गर्दै यही भदौ २४ गते अवार्ड वितरण गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सिप्यानका महासचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बताउनुभयो ।

उक्त अवार्डमा विभिन्न पाँच विधामा खेलाडीलाई सम्मान गरिनेछ । जसमा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी पाँच विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

वर्ष पुरुष खेलाडी र महिला खेलाडीले ट्रफिसहित जनही एक लाख ३२ हजार प्राप्त गर्नेछन् । वर्ष उदीयमान खेलाडीले ६६ हजार पाउनेछन् । त्यसैगरी वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले एक लाख ३२ हजार प्राप्त गर्नेछन् ।

कोभिडका कारण गत वर्ष उक्त अवार्ड कार्यक्रम हुन सकेको थिएन । कोभिडपछि अहिलेसम्मको क्षणलाई मूल्यांकन गरेर वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सिप्यानले जनाएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?