बार्सिलोना । जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको एकै समूहमा पर्नुभएको छ । टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो । लिगको प्रदर्शन आधारमा २६ टोली र प्लेअफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरमा स्थान बनाएका थिए । आठ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली, रन्जर्स परेका छन् । यस्तै समूह ‘बी’ मा पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन, क्लब ब्रुरुज रहेका छन् । समूह ‘सी’ मा बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन, समूह डीमा आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से रहेका छन् ।
यस्तै समूह ‘ई’ मा एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब, समूह ‘एफ’मा रियल म्याड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक, समूह ‘जी’मा म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन तथा समूह एचमा पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका र मक्काबी हाइफा रहेका छन् । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका