बेन्जमा वर्ष खेलाडी

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित हुनुभएको छ । बेन्जेमाले क्लबका सहकर्मी तथा बेल्जिन गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटी बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको हो ।

टर्कीको इस्तानबुलमा भएको एक समारोहमा ५२३ अंक प्राप्त गर्दै बेन्जेमाले उक्त अवार्ड ग्रहण गर्नुभयो । ब्रुएनाले १२२ र कोर्टुवाले ११८ अंक प्राप्त गर्नुभयो । रोबर्ट लेवान्डोस्कीले ५४, लुका मोड्रिचले ५२, साडियो मानेले ५१, मोहम्मद सलाहले ४६, केलियन एमबाप्पेले २५, भिनिसियस जुनियरले २१ र भर्जिल भान डाइकले १९ अंक प्राप्त गर्दै शीर्ष १० मा रहनुभयो । आफ्नो करिअरको उत्कृष्ट सिजन बिताउने क्रममा बेन्जेमाले गत सिजन रियलका लागि ४६ खेलमा ४४ गोल गर्नुभएको थियो । उहाँले ला लिगामा २७, स्पेनिस सुपर कोपामा दुई र च्याम्पियन्स लिगमा १५ गोल गर्नुभएको थियो ।

बेन्जेमाले रियल म्याड्रिडलाई १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । गत वर्षदेखि नै फ्रान्सको टोलीमा फर्किएका बेन्जेमाले फ्रान्सका लागि १० खेलमा ६ गोल गर्नुभएको थियो ।

खेलाडी छनोट प्रक्रियामा च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिगको समूह चरणमा भाग लिने क्लबहरू र युरोपेली खेलकुद मिडियाद्वारा चयन गरिएका पत्रकारहरूको प्यानल समावेश गर्ने निर्णायक मण्डलले गरेको थियो । जुरी सदस्यहरूले आफ्नो शीर्ष तीन खेलाडीहरू छनोट गर्नुभएको थियो । पहिलोले पाँच, दोस्रोले तीन र तेस्रोले एक अंक प्रदान गरिने प्रावधान छ । प्रशिक्षकले आफ्नै टोलीका खेलाडीलाई भोट गर्न अनुमति थिएन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?