दसौँ संस्करणको ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने

Read Time = 3 mins

काठमाडौं । ‘मिस ग्रान्ड नेपाल २०२२’ को १०औँ संस्करण हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १०औँ संस्करण हुने जानकारी दिएको हो । ‘मिस ग्रान्ड नेपाल सन् २०१३ देखि हुँदै आएको छ ।

यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यसपटकको मिस ग्रान्ड नेपाल ‘हिंसा र युद्ध रोकौँ’ भन्ने मूल नारासहित सञ्चालन हुने मिस ग्रान्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङले जानकारी दिनुभयो । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने उहाँले बताउनुभयो । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गते काठमाडौंस्थित होटल मेरियटमा ग्रान्ड फिनाले हुने उहाँको भनाइ छ ।

प्रतियोगितामा सहभागी युवतीहरू १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरू सहभागी बन्न पाउनेछन् । सहभागी युवतीको उचाइ ५ः४ इन्च हुनुपर्नेछ । युवतीको शैक्षिक योग्यता प्लस टु पास हुनुपर्नेछ ।
प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, ¥यापर आशिष राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) निर्णायक रहने तामाङले बताउनुभयो । केही निर्णायक थप हुन सक्ने उहाँको भनाइ छ ।

अभिनेता अनुपविक्रम शाहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताउनुभयो । त्यस्तै र्‍यापर आशिष राना (लाहुरे) ले गीत गाइरहेको भए पनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताउनुभयो ।

मिस ग्रान्डमा प्रथम हुने युवतीले इन्डोनेसियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी बन्न पाउनेछन् । प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?