यसरी उत्पन्न हुन्छ डर

हिमालय टाइम्स
Read Time = 4 mins

एजेन्सी । वैज्ञानिकहरूले डर कसरी लाग्छ भन्ने विषयमा खोज गरेका छन् । हालै गरिएको एक अध्ययनमा यस्ता दुई सर्किटबारे बताइएको छ जसले दिमागमा डर पैदा गर्नका लागि मिलेर काम गर्छ । अनुसन्धान गर्ने समूहका अनुसार केल्सिटोनिन जीन–रिलेटेड पेप्टाइड (सिजिआरपी) नामको अणुको प्रयोग गर्ने न्युरोनले दिमागको ‘फियर सेन्टर’ एमिगडालाका साथै डर पैदा गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।

उनीहरूले आफ्नो परिकल्पनाको अनुसन्धान आनुवंशिकरूपमा रूपान्तरित मुसामाथि गरे । उनीहरूले मुसाको मस्तिष्क तन्त्र र थ्यालामसमा दुई भिन्न खालका सिजिआरपी न्युरोन्स भेटे जुन मुसाको एमिगडालासँग जोडिएका थिए । मानव न्युरोन्सले पनि सिजिआरपीलाई दर्शाउँछ त्यसैले यो सर्किट माइग्रेन, पिटिएसडी र अटिजम स्पेक्ट्रम डिसअर्डरजस्ता स्थितिमा समावेश हुनसक्ने सम्भावना छ ।

अनुसन्धानकर्ताले मुसामा क्याल्सियम इमेजिङका लागि मिनिस्कोप नामको सानो डिभाइस फिट गरे । यो डिभाइसको मद्दतले वैज्ञानिकले सिजिआरपी न्युरोन्सको गतिविधि ट्र्याक गर्छन् ।

सेल रिपोर्टस्
सेल  रिपोर्टस् मा प्रकाशित भएको यो शोधअनुसार मुसाले थुप्रैपटक खतरा महसुस गरे । जब उनीहरूको खुट्टामा करेन्टको सानो झट्का लाग्यो, जब उनीहरूले गडगडाहटजस्ता आवाज सुने, जब उनीहरूको टाउको माथिबाट एउटा डिस्क राखियो, जब ट्राइमेथिलथियाजोलिनमा भिजाएको कपास उनीहरूले सुँघे ।

क्यालिफोर्नियाको साल्क इन्स्टिच्युट फर बायोलोजिकल स्टडिजका एक न्युरोबायोलोजिस्ट सुङ हानले भन्नुभयो, ‘हामीले जुन ब्रेन पाथवे खोजेका छौँ, त्यसले सेन्ट्रल अलार्म सिस्टमअन्तर्गत काम गर्छ । सिजिआरपी न्युरोन्स सबै पाँच इन्द्रिय– दृष्टि, ध्वनि, स्वाद, गन्ध र स्पर्शजस्ता नेगेटिभ सेन्सरी सङ्केतले सक्रिय हुन्छन् ।

मुसामा उनीहरूले सिजिआरपी न्युरोन्सलाई साइलेन्ट बनाइदिए र डरलाग्दो उत्तेजना मुसाले डराएका बेला देखिने प्याटर्न नै देखाउँछन् कि भनेर हेर्नका लागि पुनः परीक्षण गरे । मुसाहरूले अब बिजुलीको झट्का वा ठूलो आवाजमा उल्लेखनीयरूपमा कम प्रतिक्रिया दिएको पाए ।

अन्वेषकहरूले के निष्कर्ष निकाले भने यी सबै खतराका सङ्केतहरूलाई मस्तिष्कको एउटा भागमा रूपान्तरण गरेर यसले जनावरहरूलाई निर्णय गर्न मद्दत गर्न सक्छ । यदि यही सिजिआरपी न्युरल सर्किट मानिसमा फेला पर्‍यो भने यसले धेरै रोग र अवस्थाहरूको उपचार गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?