काठमाडौं । माइपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठूलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको राइड सेयरिङ एप सजिलोको मुख्य प्रायोजनमा माइपेले राइड कार्यक्रम गर्ने भएको हो ।
भदौ तेस्रो हप्ता आयोजना हुने राइड कार्यक्रममा राइड गर्न मन पराउने एक सयभन्दा बढीको सहभागिता रहने कम्पनीले जनाएको छ । भक्तपुरको राधे राधेदेखि धुलिखेलसम्म सञ्चालन हुने राइडमा सहभागी हुने राइडरलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माइपे डिजिटल वालेटले बेहोर्ने पनि कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपर्नेछ । राइडमा मोटरसाइकलको पछाडि राखेर साथीसमेत लान सकिनेछ र त्यसका लागि दुवैको फर्म भरेको हुनुपर्नेछ । फर्म वा केवाइसी भरेकामध्येबाट राइडका लागि एक सयजना छनोट गरिने आयोजकले जनाएको छ ।
डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालनासम्बन्धी जानकारी गराउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका