बर्जरको रङ्गोत्सव ग्राहक सेवा

Read Time = 3 mins

काठमाडौं । बर्जर पेन्ट्स नेपालले यस वर्ष चाडपर्वमा बर्जर रङ्गोत्सव ग्राहक योजना ल्याएको छ । मङ्सिर १० गतेसम्म लागू हुने गरी ल्याएको योजना दशैँ तिहारका साथै फिफा विश्वकप लक्षित रहेको कम्पनीले जनाएको छ । फिफा विश्वकप २०२२ को उत्साह अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्ट्सले लक्की ड्र पुरस्कारसहितको आकर्षक अफर पनि ल्याएको छ ।

योजनामा सहभागी भई एक सय ५० भन्दा धेरै घरधनीले नगद तथा जिन्सी पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । बर्जर पेन्ट्स नेपालका कन्ट्री मेनेजर सत्यप्रकाशले भन्नुभयो, ‘हामीले यो योजनासँगै चाडपर्वको उल्लाससँगै फुटबल जोसलाई जगाउने लक्ष्य राखेका छौँ । यो बेला खुसी ल्याउने हाम्रो प्रयासस्वरूप उत्साहजनक अफर र आकर्षक पुरस्कार त्यो उत्सवलाई दोब्बर पार्न ल्याएका छौँ ।’ बर्जरको प्रिमियम उत्पादन वेदरकोट लङलाइफ, वेदरकोट अल गार्ड, सिल्क ब्रिज इजी, सिल्क ल्यामर र सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको छ । योजनाअन्तर्गत बर्जर पेन्ट्सको छनोट रेन्जबाट न्यूनतम ५० हजार रुपैयाँमा पेन्ट्स किन्दा सय वर्गफिट बराबरको सिल्क इलुजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी एक भाग्यशाली घरधनीले लक्की ड्रमार्फत् सोनी ७५ इन्चको एलइडी टिभी बम्पर पुरस्कारमा जित्ने अवसरका साथै दुई भाग्यशालीले सामसुङको तीन सय ४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । त्यस्तै १० जनाले सामसुङको ७.२ केजीको वासिङ मेसिन, २० जनाले सामसुङकै ए ०३७ मोबाइल फोन र ७५ जना भाग्यशाली विजेताले एक्युफिट स्मार्ट वाच जित्न सक्ने बताइएको छ । योजनाअन्तर्गत घरधनीले भर्खरै रङ्गाएका घरको ताजा तस्बिर सामाजिक सञ्जालमा सेयर गरी डिजिटल प्रतियोगितामा भाग लिई आकर्षक पुरस्कार जित्न सक्ने पनि कम्पनीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?