पाकिस्तानमा बाढीको बितण्डा(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

इस्लामावाद । पाकिस्तानमा सरकारले राष्ट्रिय संकट घोषणा गरेको छ। लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय संकट घोषणा गरिएको हो।

सरकारले राष्ट्रिय संकट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ। पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी करिब एक हजार जनाको मृत्यु भएको जनाइएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुन मध्यदेखि ३४३ बालबालिकासहित कम्तिमा ९३७ जनाको मृत्यु भएको छ । बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको ठूलो क्षेत्रजलमग्न भएको छ ।

त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन्।

 

  • तस्बिर : एजेन्सी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?