काम गर्ने अवसर दिन सकौँ

डा. गणेशप्रसाद घिमिरे
Read Time = 17 mins

मानिसको सबैभन्दा उच्च पहिचान उसको आफ्नोपन तथा निजत्व हो । उसलाई उसको आफ्नोपन वा निजत्वले चिनाएको हुुन्छ । मानिसलाई चिन्ने आधार जहिले पनि समाज, देशको परिवेश बनेको हुुन्छ । त्यही जीवन्त परिवेश र उसले व्यक्त गर्ने भावलाई उसको जीवनको आधारले बाहिर ल्याएको हुन्छ । मानिसको निजत्व र उसको पहिचान कतै देश वा राष्ट्रसित जोडिएर आएको हुुन्छ । राष्ट्रको पहिचान मानिसका कर्मसित नभई देशसित जोडिएर आएको हुुन्छ । अतः मानिसको निजत्व पनि कहिलेकाहीँ देश विकासमा महत्वपूूर्ण मानिएको पाइन्छ । यही नै मानिसको मानवीय भावना पनि हो ।

नेपाल भाषा, संस्कृति, भूूगोल, धर्म, जातिका नाममा विविधता भएको मुुलुुक हो । यो विविधता पनि एकतामा बाँधिएको देश संसारमा नेपालमात्र हो । नेपालको पहिचान र देशको स्वाभिमान पनि हामी नेपालीसित जोडिएर आएको हुन्छ । त्यो जीवन्त परिवेश नै राष्ट्रिय मान्यता पनि हो । देशको विकास र उन्नतिमा सबैभन्दा उच्चभाव राजनीतिको हुने गरेको छ । राजनीतिको स्वस्थता र त्यसमा आउने विकासले जहिले पनि देशको पहिचान विश्वसामुु गराएको हुुन्छ । राजनीतिको स्वस्थता र पारदर्शिताले देशको विकासलाई जीवन्त बनाएको हुुन्छ । राजनीतिको पहिचान विचारले समातेको हुुन्छ । राजनीतिको अस्वस्थपन र नेताहरूको अदूूरदर्शिताले देशमात्र होइन राजनीति अव्यवस्थित बनेको हुुन्छ । देशलाई जोगाउन र गति दिन चाहिने राजनीति स्वस्थ हुनुु आवश्यक मानिएको हुुन्छ ।

नयाँको उदय :
यही वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान र धनगडी उपमहानगरपालिकामा नयाँ युुवाहरू उदाए । उनीहरू कुनै पार्टीसित सम्बन्धित थिएनन् । उनीहरू स्वतन्त्ररूपमा उठे र स्वतन्त्रताको वकालत गरे । जीवन राजनीतिमा समर्पित गरेका पार्टी र पार्टीका कार्यकर्ताको भेलमा स्वतन्त्ररूपमा उदाएका यी तीन व्यक्तिहरू नगरप्रमुुखमा चुनाव जित्न सफल भए । उनीहरूको विजय नेपाली जनतामा धेरै वर्षदेखि सक्रिय रहेका राजनीति दलका हस्तीहरूका लागि चुनौती थियो । राजनीतिक दलप्रतिको वितृष्णा, परिवारवाद, राम्राभन्दा हाम्राको आग्रहले डामेका राजनीतिको व्यवहारलाई चिरेर गतिशील बने यी तीन युवाहरू ।

उनी सबैलाई पछि पार्दै काठमाडौँको मेयरमा जनताको मतबाट चुुनिएर आए । धरान र काठमाडौँका मेयर राजनीति दलप्रतिको अस्वीकृति थियो जनताबाट । यी दुुई व्यक्ति व्यक्तिबाट उठेर नगरका सञ्चालक बने । यो आश्चर्यको अवस्था थियो नेपालको राजनीतिमा ।

यिनीहरूको उदय आफैँमा राजनीतिक दलका लागि झापड थियो । धरानमा जितेका हर्कले आफैँ खटिएर केही काम गरेको कुरा पत्रपत्रिका, टेलिभिजनका समाचार तथा सामाजिक सञ्जालबाट जानकारी पाइयो । उनी आफैँ खटिनुु उपयोगी नभए पनि भ्रष्टाचारप्रतिको वितृष्णा उनको सबैभन्दा मूल आधार बनेर देखिएको थियो चुुनावको समयमा । काम गरेर देखाउँछुु, भ्रष्टाचार गर्दिनँ भन्नु अपराध जस्तै मानिने देशमा उनी उदाहरणीय बनेर आउनुु पक्कै राम्रो सङ्केत हो । उनले उपमहानगरपालिकाको बजेट पारित गर्दा जुन अवस्था भोगे त्यसले पनि नेपालको राजनीति कस्तो छ भन्ने कुरालाई सङ्केत गरेको छ ।

दलविना स्वतन्त्र भएर जित्नुु नै उनका लागि अप्ठ्यारो पार्ने आधार बनेर आयो केही समय । उनले हार खाएनन् लागिरहे । केही कुरामा सफल पनि भए । अझ समय धेरै छ के गर्न सक्छन् हेर्नुु छ । काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह (बालेन) ले उम्मेदवारी दिए । मेयर भइसकेका, बागमती प्रदेशमा चुनाव जितेर मन्त्री भइसकेका, लामो राजनीतिको अनुुभव लिएका केशव स्थापित एमालेबाट उनका प्रतिस्पर्धी थिए । प्रजातान्त्रिक आन्दोलन २०४६ का कमाण्डर गणेशमान सिंहकी बुहारी, २०४६ पछि निरन्तर प्रतिनिधिसभामा पुुगेका प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना सिंह काङ्ग्रेसको तर्फबाट प्रतिस्पर्धी थिइन् । कसैले सोचेको थिएन बालेन काठमाडौँ महानगरपालिकाको चुुनाव जितेर मेयरमा स्थापित होलान् भनेर ।

उनी सबैलाई पछि पार्दै काठमाडौँको मेयरमा जनताको मतबाट चुुनिएर आए । धरान र काठमाडौँका मेयर राजनीति दलप्रतिको अस्वीकृति थियो जनताबाट । यी दुुई व्यक्ति व्यक्तिबाट उठेर नगरका सञ्चालक बने । यो आश्चर्यको अवस्था थियो नेपालको राजनीतिमा । आफ्नो पार्टी र पार्टीको कामलाई सबैभन्दा महत्वका साथ हेर्ने राजनीतिक दलका कार्यकर्ताका लागि भिन्न र अनपत्यारिलो अवस्था थियो ।

काम गर्न खोजे :
दुवैले आआफ्ना नगरलाई विकास गर्न खोजे । धरानमा पानीको समस्यालाई हर्कले गतिदिन खोजे र सफल पनि भए । काठमाडौँमा रहेका राजनीतिकदल सदा फोहरको राजनीतिमा रोटी सेक्ने खालका हुुन् । बालेनले फोहरलाई व्यवस्थापन गर्न खोजे तर उनलाई काम गर्न दिएनन् राजनीतिक दलका कार्यकर्ता र उनका नेताहरूले । बालेनले आरम्भमा केही सकारात्मक सोचका साथ विकास गर्ने अभिलाषा राखे । उनलाई काम गर्र्न त्यति सजिलो थिएन । धेरै वर्षदेखि गाँजिएको राजनीति र राजनीतिक दलका नेता तथा कार्यकर्ताले प्रभुुत्व जमाएको नगरमा आएर शासन गर्न सजिलो थिएन ।

तर, प्रयास आरम्भदेखि नै सकारात्मक सोचका आधारमा रहेको देखियो । फोहरमा राजनीति गर्न पल्केका महानगरका राजनीतिकर्मी एउटा स्वतन्त्रका रूपमा जागेको व्यक्ति को हो ? भन्ने भावनाले सदा पिरोलिइरहृयो । त्यो पिरालो राजनीतिकर्मी र उनका कार्यकर्ताको थियो ।

काम गर्न दिऊँ :
प्रजातान्त्रिक मुुलुुकमा निर्वाचन सावधिक हुुन्छ । सावधिक निर्वाचनमा जनताको मतबाट प्रतिनिधि छानिएर आएका हुुन्छन् । एउटा निर्वाचनमा चुुनिएको व्यक्ति वा दलको प्रतिनिधि अर्काे निर्वाचनमा पराजित हुुन पनि सक्दछ । यही अवस्था काठमाडौँ र धरानका जनताले देखाएका हुन् । राजनीतिदलका नेतालाई सन्देशका रूपमा बताइदिए । हामी काङ्ग्रेस, एमाले, माओवादी होइनौँ । हामी त नेपाली जनता हौँ । हामीसित खेलबाड गर्ने अधिकार कसैलाई छैन । यही तथ्यलाई मताधिकारका रूपमा प्रयोग गरे जनताले ।

यी दुुवै नगरका मेयरले केही गर्न खोजिरहेका छन् । बालेनले फोहरलाई व्यवस्थापन गर्न खोजे राजनीतिदलले गर्न दिएनन् भन्ने कुरा बाहिर आयो । अवस्थालाई मूल्याङ्कन गर्न सक्ने दलका नेता नै बालेनको समर्थनमा बाहिर आए । फोहरमा बालेन असफल हुने होइन । राजनीतिक दल नै असफल हुने हुुन् । अहिले उनी काठमाडौँमा राजनीतिको आडमा बनाइएका अवैध संरचनाविरुद्ध उत्रिएका छन् । काठमाडौँको ट्राफिक र पार्किङलाई व्यवस्थित गर्न नक्साबमोजिम निर्माण भएका पार्किङलाई व्यापारिक प्रयोजन निमित्त प्रयोग गर्न नपाउने उद्देश्यअनुुसार उनी लागेका छन् । उनले सरकारी स्वामित्वमा रहेका भवनलाई समेत हटाउन थाले ।

नगरप्रमुख आफैँ खटिनुपर्ने आवश्यकता थिएन । उनले कर्मचारीलाई खटाउन सक्थे आफैँ खटिएर काम गराएका छन् । यो सकारात्मक पक्ष हो । उनलाई कुनै नेताको, सङ्गठन र कार्यकर्ताको दबाब र विरोध छैन । उनी स्वतन्त्र हुुन् । त्यसैले यो गर्न सकेजस्तो लाग्छ । राजनीति दलसित आबद्ध भएका कुनै व्यक्तिले यो कामलाई पूूर्णता दिन सक्दैनथ्यो । दबाबमा परेर ऊ आफ्नो कामलाई गति दिन सक्दैनथ्यो । उनले गरेको राम्रो कामलाई स्वागत गरौँ ।

उनी गलत बाटोमा छन् भने सचेत गराऊँ । सबै सकारात्मक कामलाई सहयोग र नकारात्मक कामको विरोध गरौँ । पक्ष, विपक्ष, आफ्नो, पराय, तेरो मेरो नभनेर काम गर्न खोजेको छ भने सबैले सहयोग गरौँ । हाम्रो नगर राम्रो, स्वस्थ, सुन्दर नगरका रूपमा विकास गर्ने बाटोमा हामी सहयोगी बनेर अघि बढौँ ।

हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता :
राजनीतिमा दलीय व्यवस्था सबैभन्दा उच्च हुुन्छ । प्रजातन्त्रको राम्रो सुुहाउने आधार पनि दलीय व्यवस्थाको पहिचान हो । राजनीति दलविना यो सम्भव मानिँदैन । दलीय व्यवस्थामा आउने राजनीतिले जहिले पनि देशको विकास, उन्नति र प्रगतिलाई बाहिर ल्याएको हुुन्छ । माथि उल्लेख गरिएको उपशीर्षक नेपालको संविधान (२०७२) को पहिलो वाक्य हो । यो वाक्यले नेपाली जनतालाई सार्वभौम मानेको छ । देशको सर्वाधिकार जनतालाई सुुम्पेको छ । नेपाली जनतालाई सर्वगुुण सम्पन्न मान्ने संविधानको यो वाक्यलाई राजनीति गर्ने व्यक्ति वा पार्टीले मनन गरेका छन् त ?

नेपालमा २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचन भयो । त्यस निर्वाचनमा प्रतिनिधिसभामा उम्मेदवार बनेका नेताहरू अहिले पनि चुुनाव लडिरहेका छन् । नेपाल सरकारले सरकारी कर्मचारीलाई अन्ठाउन्न वर्ष, शिक्षकलाई साठी वर्ष र प्राध्यापकलाई त्रिसठ्ठी वर्ष उमेरहद तोकेको छ ।

जनतालाई सम्झेर राजनीति गरेको भए अध्ययन, काम र बसाइका लागि विदेश जाने थिएनन् नेपाली युुवायुवतीहरू । देशको यो अवस्था बनाउने के नेपाली जनता हुुन् ? राजनीतिदलका नेतालाई यो प्रश्न नेपाली जनताले सोधिरहेका छन् । नेपाल सरकारले २०७९ साल मङ्सिर ४ गते आइतबारका दिन प्रदेश र संघीय चुुनाव गर्ने घोषणा गरिसक्यो । बालेन, हर्क र हमाल जस्तै युुवाहरू स्वतन्त्र विचार लिएर चुुनावमा होमिने बाचा गरिरहेका छन् । सामाजिक सञ्जालमा ७० वर्ष काटेका नेताहरूलाई हराउन नेपाली जनतासित आग्रह गरिरहेका छन् । स्वतन्त्र पार्टीं नै दर्ता गरेर केही युुवाहरू सक्रिय राजनीतिमा होमिएका छन् । उनीहरूले निर्वाचन जित्न सक्छन् वा सक्दैनन् त्यो भविष्यको कुरा भयो ।

तर, राजनीतिक दलको असन्तोषबाट निर्वाचनमा स्वतन्त्र उदाए भने राजनीतिक अवस्था कस्तो होला ? सोच्ने बेला आएको देखिन्छ । जनतालाई सार्वभौमसत्ता सम्पन्न मान्ने आफूलाई र आफ्नाको हित गर्ने प्रवृत्तिले स्वतन्त्रलाई बल पुुग्न सक्ने अवस्था देखिएको छ । अबको राजनीतिलाई सही बाटोमा ल्याउने राजनीति दल हुुन् तर राजनीतिमा अस्वस्थता आयो भने स्वतन्त्र भित्रिनेछन् ।

विश्राम लिने कि ?
नेपालमा २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचन भयो । त्यस निर्वाचनमा प्रतिनिधिसभामा उम्मेदवार बनेका नेताहरू अहिले पनि चुुनाव लडिरहेका छन् । नेपाल सरकारले सरकारी कर्मचारीलाई अन्ठाउन्न वर्ष, शिक्षकलाई साठी वर्ष र प्राध्यापकलाई त्रिसठ्ठी वर्ष उमेरहद तोकेको छ । जीवनको ऊर्जावान् समय देशमा कर्मचारी भएर, विद्यार्थीलाई शिक्षा दिएर, कलेज पढ्ने विद्यार्थीलाई नेता बनाएर बिताएकालाई पेन्सनको व्यवस्था राज्यले गरेको छ । यस सुुविधाबाट लाभान्वित हुनेको सङ्ख्या मनग्गे रहेको छ नेपालमा ।

राजनीतिमा विश्राम नेताको स्वविवेकमा भर पर्दछ । शेरबहादुुरसित विद्रोह गर्न नसक्ने काङ्ग्रेसका युुवानेता, ओलीका वचन काट्न नसक्ने एमालेको युवापुुस्ता, प्रचण्डलाई सर्वोपरि मान्ने माओवादीका तरुणहरू अब क्रमशः वृद्ध हुुँदै गए । उनीहरूको पालो आउने सम्भावना पनि देखिँदैन । ती सम्पूर्ण युुवाहरूले वृद्ध नेतालाई हजुुरहरू विश्राम लिनुुहोस् भनेर आग्रह नगर्ने हो भने बालेन र हर्क जस्ता धेरै जन्मनेछन् । नेपालको राजनीतिमा पुुनः फोहरी खेल आरम्भ हुनेछ । नेपालको निर्वाचन प्रणालीमा जबसम्म समानुुपातिक व्यवस्था रहन्छ तबसम्म कुनै दलको एकल बहुुमत आउने सम्भावना पनि देखिँदैन । त्यसैले विश्राम लिएर युुवालाई देश र पार्टी दिने हो कि ? अन्यथा सम्मानितलाई जिताउनेभन्दा हराउनेको सङ्ख्या धेरै हुुन्छ कि ? विचार गरौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?