Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्राणी परिचय : ऊँट

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

✍️ विनोद दाहाल

म ऊँट हुँ । मलाई संस्कृतमा ‘उष्ट्र’ र अङ्ग्रेजीमा क्यामेल (Camel) भनिन्छ । म गर्मी ठाउँमा बस्ने प्राणी हुँ । मलाई मानिसहरूले ‘मरुभूमिको जहाज’ उपनाम दिएका छन् । म ज्यादै गर्मी हुने मरुभूमिमा पनि बस्न र हिँड्डुल गर्न सक्ने भएको हुँदा उनीहरूले मलाई यसो भन्ने गरेका हुन् ।

म घरपालुवा प्राणी हुँ । मलाई मानिसले दूध, छाला र मासुका लागि पाल्ने गरेका छन् । यसका साथै मलाई मानिसले सवारीको साधन पनि बनाएका छन् । दक्षिण भारत, पाकिस्तान, अफगानिस्तान तथा खाडी मुलुकहरूमा मलाई व्यापक रूपमा पाल्ने गरिएको छ । म स्तनपायी प्राणी हुँ । मानिसले पनि मेरो दूध खाने गर्छन् । म बच्चा जन्माउँछु र आफ्नो बच्चालाई दूध चुसाउने गर्छु । गर्भाधाणको एक वर्षपछि म एउटा बच्चा पाउँछु । मेरो बच्चालाई ‘उल्लु’ भन्ने गरिन्छ ।
म शाकाहारी प्राणी हुँ । घाँसपात तथा मानिसले खुवाएका चोकर, पिठो, खोले आदि मेरा खानेकुरा हुन् । म चारखुट्टे प्राणी हुँ । मेरो लामो घाँटी र सानो टाउको हुन्छ । मेरा सिङ हुँदैनन् । म रातोखैरो रङको हुन्छु । मेरो उचाइ तीन मिटर जतिको हुन्छ । म बीस वर्षसम्म बाँच्छु ।

मेरो एउटा अनौठो विशेषता छ । म एकै पटकमा दुई सय लिटर जति पानी खान सक्छु । यसरी पानी खाएपछि मेरा शरीरमा त्यो पानी भरिएका ठुल्ठुला फोकाहरू उठ्छन् । मानिसहरूले मलाई सवारीसाधनका रूपमा मरुभूमिमा घुमाउन लैजान्छन् । मलाई मरुभूमिमा घुमाउन लैजानु पहिले मानिसहरूले मलाई यसरी पानी खुवाउँछन् । म मरुभूमिमा आठ–दश दिनसम्म पनि पानी नखाई हिँड्न सक्छु । मैले खाएको पानी मेरा शरीरबाट क्रमशः घट्दै जान्छ र मेरा शरीरमा देखिएका ती ठुल्ठुला फोकाहरू क्रमशः हराउँदै जान्छन् । मेरा शरीरका फोका हराएपछि मरुभूमिका ती यात्रीहरूले मलाई फिर्ता लिएर आउँछन् ।

म मरेपछि पनि मानिसका लागि उपयोगी बन्ने गरेको छु । मेरो छाला ज्यादै पातलो, नरम र बलियो हुन्छ । त्यसैले मेरा छालाबाट बनेका सामग्रीका लागि मानिसहरू मरिहत्ते गर्छन् । मेरो छालाबाट पर्स, झोला, ज्याकेट आदि सामान बन्छन् । ती गाई वा भैंसीका छालाबाट बनेका सामग्रीभन्दा निकै नै स्तरीय मानिन्छन् । नेपालको चितवनमा मलाई परीक्षणका लागि पाल्न थालिएको छ । म त्यहाँको हावापानीमा आफूलाई क्रमशः घुलमिल गराउँदै लगिरहेको छु ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?