जोखिमपूर्ण घर, टेकोकै भर (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भूकम्प गएको बर्षौ बित्यो । २०७२ वैशाख १२ को भूकम्पको त्रासदि अझै भुल्न सक्ने अवस्था छैन । भूकम्पले जनधनमा ठूलो क्षति पुर्यायो । केही पुनर्निर्माण भए । केही पुनर्निर्माणको पखाइमा छन् भने केही भग्नावशेषका रूपमा परिणत हुने अवस्था पुगेको छ ।

यसै क्रममा भूकम्प गएको आठ वर्ष बित्दा पनि काठमाडौं उपत्यकाका जोखिमपूर्ण घरहरू हट्न सकेका छैनन् । जोखिमपूर्ण घरहरूको व्यवस्थापन हुनु त कहाँ हो बरू तिनै जोखिमपूर्ण घरहरूमा टेको लगाएर मानिसहरू बसोबास गर्दै आएका छन् । आफ्नो व्यवसायलाई निरन्तरता दिएका छन् ।

भूकम्पबाट पीडित बनेकाहरू भने सरकारले दिने अनुदान र सहुलियत दरको ऋण नपाएकाले घर बनाउन नसकेको बताउँछन् । वैज्ञानिक रूपमा समेत आयु कटेर जीर्ण अवस्थामा पुगेका घरहरू राजधानीमा एक-दुईवटा होइन, हजारौंको संख्यामा छन् । ती उच्च जोखिममा रहेका घरहरूमा लाखौं मानिस बसोबास गर्छन् । हेरौं काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा खिचिएका टेको लगाइएका जोखिमपूर्ण घरका थप तस्बिर :

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?