छड्के २ को फर्स्टलुक सार्वजनिक, अनमाेल केसीकाे राैद्र अवतार

Read Time = 1 min

काठमाडौं । अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् । फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन् । उनी आक्रामक लुक्समा छन् । लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय रहेकाे छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मसँग मेधा फिल्मस् निर्माण फिल्म स्कुलले सहकार्य गरेका छन् ।

फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । फिल्मको हाल चितवन र मुस्ताङमा छायांकन भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?