एमाले केन्द्रीय कमिटीको निर्णय : समानुपातिकबाट सांसद भैसकेकालाई नदोहोर्याउने

Read Time = 5 mins

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिक रुपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरुपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयो।

बैठकको पहिलो निर्णयमा पार्टी अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नौ वटा अलग अलग समूहले छलफल गरेको र उक्त छलफलबाट प्राप्त उपयुक्त सुझावलाई अध्यक्षले मनन् र प्रस्तुत गरि पारित गरेको छ ।

दोस्रो निर्णयमा केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय अनुशन्धान आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगको अध्यक्षले आ–आफ्नो आयोगको काम र अपेक्षाको बारेमा जानकारी दिनुभयो । बैठकले उक्त जानकारी ग्रहण गरेको छ ।

यस्तै, आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बारेमा उम्मेदवार मापदण्ड र सिफारिससम्बन्धी व्यवस्था तय गरेको छ । जिल्ला समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गर्ने, एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्नेलगायत निर्णय गरेको छ । यही रितमा प्रदेशसभा सदस्य उम्मेदवारको पनि सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । निर्वाचनका लागि उम्मेद्वारहरुको सिफारिस प्रक्रिया २२ भदौभित्र टुङ्ग्याउने निर्णय पनि भएको छ । बैठकले २२ भदौभित्र क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेद्वार सिफारिस प्रक्रियाको काम सक्ने निर्णय पनि गरेको एक नेताले बताए । बैठकमा अध्यक्ष केपी ओलीले २० भदौभित्र उम्मेदवारसिफारिस सकेर अन्तिम छनौट गर्ने प्रस्ताव गर्नुभएको थियो ।

हाल समानुपातिबाट सांसद रहेका पार्टी नेतालाई दो-याउन नहुने निर्णय पनि गरेको छ । यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणनली लागु गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो । यस्तै, स्थानीय तह वा कुनै पनि तहका वहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा सहभागी गर्नु नहुने र यहाँ पनि अवसरको न्यायोचित वितरण आर्कषित हुने बैठकले निर्णय गरेको छ ।

पछिल्लो पटकको कुनै पनि तहको निर्वाचनमा पराजित भएका उम्मेदवारहरूलाई पनि अबको निर्वाचनमा उम्मेदवार बनाइनु नहुने उहाँले बताउनु भयो । तर, जनाधार भएका र अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूका हकमा भने यो निर्णय उपयुक्न नहुन सक्छ । तर, प्रत्यक्षतर्फ भने यो निर्णय लागु नहुनसक्छ ।

बैठकले एक पार्टी सदस्य बराबर दुई मतदाता थप्ने योजनासहित सबै टोल टोलमा भेला गर्ने र हरेक घरमा एक सदस्य विस्तार अभियानसहित चुनावी अभियान चलाउने निर्णय पनि गरेको छ । स्थानीय तहमा प्राप्त ३४ प्रतिशतलाई ५० प्रतिशत पुर्याएर बहुमत ल्याउनेगरी एमालेले मजत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?