देशलाई ठूलो दुर्घटनाबाट बचाउन गठबन्धनको भूमिका महत्वपूर्ण : प्रचण्ड

Read Time = 2 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयतह निर्वाचनमा गठबन्धन कमजोर भएको बताउनु भएको छ ।
लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्य र जिल्ला ईन्चार्जहरुको बैठकलाई सम्बोधन गर्न बुटवल आएका प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्थानीय निर्वाचनमा गठबन्धन कमजोर भएको बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले गठबन्धन प्रभावकारी नभएपनि देश दुर्घटनामा जानबाट गठबन्धनले बचाएको वताउनु भयो । उहाँले देश ठुलो दुर्घटनामा जानै लागेका बेला गठबन्धन भएका कारण देश दुर्घटनाबाट बचाएको बताउनु भयो ।

‘गठबन्धन र तालमेल भन्या जस्तो नभएपनि गठबन्धन र गठबन्धन सरकारकै कारण स्थानीय तह निर्वाचन सफल बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संबिधानसभा पछिको दोस्रो प्रक्रियामा प्रवेश गराएको छ ।’

अध्यक्ष प्रचन्डले भन्नुभयोे, ‘यो ठुलो सफलता मान्नु होला, देशलाई ठुलो दुर्घटनाबाट बचाउन गठबन्धनको भूमिका रह्यो ।’ प्रचण्डले स्थानीय तह निर्वाचनमा राम्रो हुन नसकेको तालमेलबाट शिक्षा लिएर प्रदेश र संघको निर्वाचन सफल बनाउने बताउनु भयो ।

बैठकमा सहभागी हुन प्रचण्ड प्रधानमन्त्री देउवासँगै एउटै हेलिकप्टरमा बुटवल आउनु भएको हो । अध्यक्षसंगै माओबादीका अन्य नेताहरुपनि बुटबलमा आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?