काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताउनु भयो । उहाँले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उहाँको दाबी छ । नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको दाबी गर्नुभयो ।
उहाँले वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न नसक्ने भन्दै देश सञ्चालनको लागि नयाँ नेतृत्वको आवश्यक्ता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरु छन् । ती सबै युवाहरु टाउको बन्ने की पुच्छर बन्ने भन्ने कुरामा अल्मलिएका छन् । पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन्, जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ । नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको छ ।यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ । के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ ? के वर्तमान नेतृत्वबाट हामी अघि बढ्न सक्छौँ ? मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन । उहाँहरु सत्ताको केसीमा सफल हुन सक्नुभएन । भोलिका दिनमा उहाँहरुको नेतृत्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन । काँग्रेसभित्र परिवर्तनको खाँचो छ । नयाँ नेतृत्वको पनि खाँचो छ ।’
नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गर्नुभयो । उहाँले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौति भएको उल्लेख गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका