-दीपक घिमिरे
रुपन्देही । गृहमन्त्री बालकृष्ण खांणले बर्तमान परिस्थितिका कारण नेपाली कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्नु परेको बताउनु भएको छ ।
उहाँले बर्तमान परिस्थितिलाई आँकलन गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई अग्र भागमा राखेर अन्य पार्टिसं गठबन्धन गर्नु परेको प्रस्ट पानु भयो ।
नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको जनताको साथमा काँग्रेस अभियानको शुभारम्भ गर्दै गृहमन्त्री खाँणले कांग्रेसले माओवादी लगायतका पार्टिसंग गठबन्धन नगरे उनीहरुले एमालेसंग गर्ने भएका कारण स्थानीय तहमा गरिएको गठबन्धनलाई संघ र प्रदेशमा पनि निरन्तरता दिएको बताउनु भयो ।
मन्त्री खांणले गठबन्धन नगरी पार्टिहरु एक्का एक्लै चुनावमा जाँदा काग्रेसले धेरै सिट जितेपनि एक्काएक्लै चुनाव लड्ने अबस्था नभएकाले गठबन्धनमा जानु परेको बताउनु भयो ।
‘कांग्रेसले गठबन्धन नगरे माओवादी लगायतका दलले एमालेसंग मिलेर गठबन्धन गर्छन्,’ गृहमन्त्री खांणले भन्नु भयो एमाले गठबन्धन गरेर गए मुलुकमा तानाशाही प्रवृति हावी हुन गई जनताले फेरि पनि दुःख पाउँछन्, त्यसकारण हामी जनताको दुख रोक्नका लागि मिलेर हिडेका हौं ।
गृहमन्त्री खांणले कांग्रेस कमजोर भए राष्ट्रियता, लोकतन्त्र, प्रजातन्त्र, उद्योग व्यवसाय सबै कमजोर हुने बताउनु भयो । उहाँले काग्रेसले गरेको कामको मुल्याङकन गर्दै कांग्रेसलाई आउँदो निर्वाचनमा प्रष्ट बहुमतका साथ बिजयी गराउनु पर्ने बताउनु भयो ।
कांग्रेसलाई जिताए आम नागरिक स्वर्तफूर्त रुपमा काम गर्दै जाने तथा शासन सत्ताको मालिक भएर बस्ने बताउनु भयो । नागरिकले भने अनुसार सत्ता चलाउनका लागि कांग्रेसलाई जिताउनु पर्दछ, गृहमन्त्री खाँणले भन्नु भयो जनतालाई मालिक बनाउनका लागि हामी बिभिन्न पार्टिसंग गठबन्धन गरेर चुनावमा जानु परेको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन भएकै कारण कांग्रेस स्थानिय तहमा पहिलो पार्टि बनेको उल्लेख गर्दै त्यही आधारलाई टेकेर संघिय र प्रदेश निर्वाचनका लागि गठबन्धन गर्न लागिएको बताउनु भयो ।
सो अबसरमा बोल्दै रुपन्देहीका लागि आशन्न निर्वाचनका केन्द्रिय प्रतिनिधि बनेर आएका योगेन्द्र चौधरीले संघिय र प्रदेश सभा निर्वाचनमा गठबन्धनका बिषयमा अनावश्यक बहष नर्गन आग्रह गर्नु भयो । उहाले गठबन्धनको मोडालिटिका बिषयमा छलफल र बहष चलिरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु अब्दुल रज्जाक, गंगा शाहि, भरतकुमार शाह, अष्टभुजा पाठक, वसिउद्धिन खाँ, रमा अर्याल, रामचन्द्र ढकाल, रामकृष्ण खाण, थानेश्वर घिमिरे, खेलराज पाण्डे, वसिउल्लाह मुसलमान, कोषिश खड्का लगाएतले बोल्दै मंसिर ४ मा हुने निर्वाचनमा कांग्रेस सहितको गठबन्धनलाई बिजयी बनाउन आग्रह गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका