साइमनले जिते स्वर्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । थाइल्यान्डको फुकेट शहरमा अगस्ट १९ देखि २३ सम्म सञ्चालन भएको थाइल्यान्ड ओपन कराँते प्रतियोगितामा नेपालका लागि साइमन श्रेष्ठले स्वर्ण पदक जित्न सफल हुनुभएको छ । उहाँले १४ वर्ष उमेर समूहको ४५ केजीमुनि स्वर्ण जित्नुभएको हो ।

इचंगुनारायण डोजोका उत्पादन उहाँको यो पहिले अन्तर्राष्ट्रिय सहभागिता हो । नेपालबाट सहभागी सिनियर पुरुषमा भने ८४ केजीमुनि एपिएफ क्लबका शेखु आलमले कांस्य पदक जित्न सफल हुनुभएको छ । टोली शुक्रबार स्वदेश फर्केको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?