‘सरकारले निजी क्षेत्रलाई खलनायक ठान्यो’

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार र नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई खलनायकका रूपमा हेर्ने गरेको गुनासो गर्नुभएको छ । अर्थतन्त्रमा देखिएको विद्यमान समस्याको कारण निजी क्षेत्र देखाइएको उहाँले बताउनुभयो ।

नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४२औं साधारणसभामा उहाँले देशको आर्थिक सूचकांक मूल्यांकन गरेर लगानी गर्ने काम निजी क्षेत्रको नभएको बताउनुभयो । अध्यक्ष गोल्छाले भन्नुभयो, ‘धेरैपटक मैले सुन्ने गरेको छु, निजी क्षेत्रले धेरै आयात गर्‍यो, जसले आज यो समस्या आएको हो । देशको शोधनान्तर कति छ ? बैंकिङ प्रणालीमा तरलता कति छ ? यो हेर्ने काम निजी क्षेत्रको होइन । यो हेर्ने काम नेपाल राष्ट्र बैंकको हो ।’ राष्ट्र बैंकले देशको आर्थिक सूचकांक मूल्यांकन ढुकुटीमा कतिसम्मको आयात धान्ने विदेशी मुद्रा छ लगायत विषयमा समयमै ध्यान नदिएका कारण हाल शोधनान्तर र तरलता समस्या बढेको उहाँको आरोप छ । असार मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब पुगिसकेको र १४ अर्ब रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिती १३ प्रतिशतले घटेको भन्दै उहाँले उक्त समस्या समाधान गर्न दीर्घकालीनरूपमा उद्योगमा भ्यालु एडिसन आवश्यक रहेको बताउनुभयो । उद्योगमा लगानीका लागि कस्ट अफ डुइङ बिजनेस र इज अफ डुइङ बिजनेस घटाउँदै हालको समस्या भविष्यमा आउन नदिन सबैले सचेत भएर अघि बढ्नुपर्ने गोल्छाले बताउनुभयो ।

यसैबीच संघले एमएस ग्रुपका अध्यक्ष तथा उद्योगपति शशिकान्त अग्रवाललाई सम्मान गरेको छ । सबैभन्दा धेरै रोजगारी प्रदान गरेबापत उहाँ सम्मानित हुनुभएको हो । त्यस्तै संघले महासंघका अध्यक्ष गोल्छालाई पनि सम्मान गरेको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँ सम्मानित हुनुभएको हो । अग्रवालको आधा दर्जन उद्योगमा लगानी छ । अग्रवालको रिलाइन्स स्पिनिङ मिल्सले चार हजार व्यक्तिलाई रोजगारी प्रदान गरेको छ । उहाँको उत्पादनमूलक, सेवामूलक तथा वित्तीय क्षेत्रमा लगानी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?