सिटिजन लिडर्स नाइट

Read Time = 2 mins

काठमाडौं । सिटिजन स्वरोजगार अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन लिडर्स नाइटको पाँचौं संस्करण सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्यसम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल दुई सय ७६ जना सिटिजन लिडर, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखालाई कम्पनीले सम्मान गरेको छ ।

कार्यक्रममा तीन सय ६० सक्रिय सिटिजन लिडरको उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा मुख्य अतिथि डा. भगवान कोइरालाले आफ्नो जीवनका भोगाइ व्यक्त गर्दै मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव नभएको बताउनुभएको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले अभिकर्ता पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडर पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स सदैव अग्रणी रहेको र रहने बताउनुभएको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?