रिभरसङका स्मार्ट वाच नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । बेरेवल तथा मोबाइल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ । नेपालस्थित केमियो इन्टरनेसनलले रिभरसङलाई नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार रिभरसङ मोबाइल एसेसरिज बजारको एक विश्वासिलो ब्राण्ड हो ।

विश्वका ६० भन्दा बढी मुलुकमा बिक्रीवितरण भइरहेको रिभरसङ सन् २००० मा चीनको सेन्जेनमा स्थापना भएको थियो । २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्र स्थापनापछि एग्रेसिभ ब्राण्डिङमा अग्रसर भएको रिभरसङ सन् २०१६ मै भारतीय बजारमा भित्रिएको थियो ।

आइएमजी टेक्नोलोजी ग्रुपको लाइफस्टाइल ब्राण्डका रूपमा रहेको रिभरसङका वायरलेस इअर बड्स तथा स्मार्टवाच लिएर नेपाली बजारमा भित्रिएका हुन् । नेपालस्थित अधिकृत बिक्रेता केमियोका सहसंस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्ड नेपाली बजारमा भिœयाउन पाएको बताउनुभयो भने अर्का सहसंस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाइल एसेसरिज बजारमा नयाँ छाप छोड्ने विश्वास व्यक्त गर्नुभयो ।

रिभरसङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्रकुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दोक्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो । रिभरसङले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअर बड्स सार्वजनिक गरेको छ । केमियोले रिभरसङका सबै उत्पादनमा एक वर्षको वारेन्टी प्रदान गरेको छ भने बिक्रीपछिको सेवामा कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?