नेपालको निर्यातमा चीनको अवरोध

Read Time = 12 mins

✍️ श्रीमन्नारायण

उत्तरी छिमेकी चीनलाई नेपालको भरपर्दो मित्रराष्ट्रको रूपमा परिभाषित गर्नेहरूको फेहरिस्त नेपालमा सानो छैन । पञ्चायतको तीस वर्षमा यही भाष्य स्थापित गर्ने काम भइरहृयो । नेपालका वामपन्थीहरूको नजरमा त चीन दोषरहित मुलुक नै हो । अध्यात्ममा विश्वास राख्नेहरू देवताबाट गल्ती हुन सक्दैन भन्ने मान्यता राखे झैँ वामपन्थीहरू चीनलाई दोषरहित मित्रराष्ट्रको संज्ञा दिने गर्दछन् । जबकि यथार्थमा चीन पनि गुण र दोषयुक्त छिमेकी नै हो ।

विगत साढो सात वर्षदेखि उत्तरी छिमेकी चीनको नेपालप्रति हेपाहा प्रवृत्ति र उपेक्षापूर्ण व्यवहारका कारण नेपालको निर्यात व्यापार ठप्प मात्रै परेको छैन अपितु चीनबाट आयात गरेर नेपालमा व्यापार खोज्ने व्यापारीहरू पनि करोडौंको घाटा सहन बाध्य भएका छन् । बाध्य भएर कतिपयले त उत्तरी नाकाबाट व्यापार नै गर्छ छाडिसकेका छन् । सुरुका केही वर्षमा २०७२ देखि २०७६ सम्म भूकम्पको नाममा र झण्डै तीन वर्षदेखि कोरोनाको नाममा चीनले उत्तरी नाका बन्द गर्ने गरेका कारण नेपालले अर्बाैं रुपैयाँको घाटा सहनु परिरहेको छ ।

विभिन्न बहानामा चीनले नेपाली खाद्य वस्तुको निर्यातमा रोक लगाउँदै आएको छ । नेपालबाट चीनतर्फ जाने खाद्य सामग्रीमा चिनियाँ भाषामा लेबल राख्नुपर्ने भनेर केही महिना लैजान रोक लागेको थियो । त्यसपश्चात नेपाली सामान चीनतर्फ जान सकेको छैन ।

चीनसँगको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ । आव २०७५/०७६ मा दुई खर्ब पा“च अर्ब ५१ करोड रुपैयाँको आयात भएको देखिन्छ । यस वर्ष नेपालको चीनमा निर्यात भने दुई अर्ब १० करोड रुपैयाँको मात्रै भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारी नाका रसुवागढीमा आर्थिक वर्ष २०७६/०७७ को पहिलो तीन महिनामा १४ अर्बभन्दा बढीको सामान आयात गरेको छ तर २०७५/०७६ को तीन महीनामा १० अर्बभन्दा बढीको सामान आयात भएको थियो । आव २०७६/०७७ को पहिलो तीन महिनामा नेपालबाट चीनतर्फ जडिबुटी र हस्तकलाका सामान निर्यात हुने गरेको छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवाढी नाकामा तातोपानी नाका बन्द भएको अवस्थामा रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीका चाप बढ्दै गएको थियो । आव २०७७/७८ मा १ खर्ब ८१ अर्ब रुपैयाँको चिनियाँ सामान आयात भएको छ । आव २०७५/०७६ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँमात्र भएको देखिन्छ । आव २०७७/०७८ मा १ अर्ब १९ करोड रुपैयाँको नेपाली सामान निर्यात भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी र तातोपानी नाकाहरूबाट आव २०७७/०७८ को अघिल्ला दुई महीनामा कोरोना भाइरसबाट र चीनबाट बाटो बन्द गरिएका कारण सामान आयात र निर्यात भएको देखिँदैन ।

२०७७ को दशैँ व्यापारका लागि कोलकाता बन्दरगाहबाट सामान मगाउने कुरा भइरहेको थियो । आव २०७७/०७८ मा चीनसँग वैदेशिक व्यापार नै भएको देखिँदैन । नेपालको लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । विगतमा चिनियाँ भाषामा मात्रै लेखिएका सामग्रीका नेपाली आयातमा नेपाली पक्षले जाँचपास गर्न छाडेपछि चिनियाँ पक्षले त्यसको बदलामा नेपाली वस्तुका प्रवेशमा अवरोध गरिएको थियो । विगतमा चिनियाँ सामान नेपाल आउँदा चिनियाँ भाषामा लेखिएको हुन्थ्यो अनि नेपाली पक्षले भन्सार तथा क्वारेन्टाइनमा भाषा नबुझेपछि उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मितीजस्ता विवरण अंग्रेजीमा लेखेर ल्याउनु भनेसँगै त्यसको प्रतिक्रियामा नेपाली खाद्य वस्तुका लेबल पनि चिनियाँ भाषामा ल्याउन भनेपछि चीन सरकारले रोक लगाएको थियो ।

यसरी विभिन्न बहानामा चीनले नेपाली खाद्य वस्तुको निर्यातमा रोक लगाउँदै आएको छ । नेपालबाट चीनतर्फ जाने खाद्य सामग्रीमा चिनियाँ भाषामा लेबल राख्नुपर्ने भनेर केही महिना लैजान रोक लागेको थियो । त्यसपश्चात नेपाली सामान चीनतर्फ जान सकेको छैन । नेपाली खाद्य वस्तु निर्यातमा अवरोध आएपछि नेपाली खाद्य सामग्री सहजै चीन निर्यात गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरूले भन्सारसँग माग गर्दै आएका छन् तर चीनले टेरपुच्छर लगाएको छैन ।

चीनले करिब ८ हजार ३ सय वस्तुलाई शून्य भन्सारमा नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेशका लागि खुला गरेको दाबी गरिन्छ । तर, शून्य भन्सार सुविधा उपभोग गरी चीन निर्यात गर्ने उत्पादन नै नेपालसित छैन । त्यस्तो उत्पादन भएका निर्यातकर्ताको निर्यात नगण्य रहिआएको छ । एक किसिमले चिनियाँ शर्त भनेको राधाको नौ मन तेल जस्तै हो । नेपलको चाहना अनुसार आप्mना वस्तुहरूका सूची नेपालले चीनसँग हेरफेरको एजेन्डामा राख्नुपर्ने बताइन्छ तर दुवै देशका उच्च स्तरका नेताहरू एक आपसमा भेट हुँदा यस्ता बन्दैनन् । यसको अर्थ नेपाली पक्षले यस विषयमा वार्ता गर्न चाहे पनि चीनले महत्व दिन नचाहेको हुन सक्दछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात वर्षअघि चीन भ्रमणमा गएका बेला चीनसित थुप्रै सम्झौता गरेका थिए । त्यसलाई भूतो न भविष्यति बताइएको थियो तर उपलब्धि शून्य छ । नेपालले चीनतर्फको चार सामुद्रिक र तीन सुक्खा बन्दरगाहको उपयोग गर्न पाउने सम्झौता भएको सात वर्ष भयसक्दा पनि यसबारे कुनै प्रगति भएको छैन । जबकि तत्कालीन नेकपा एमालेको सरकारले यसलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेको थियो । प्रचारबाजी गर्नमा वामपन्थीहरूलाई महारथ हासिल भएको हुन्छ । चारवटा सामुद्रिक बन्दरगाह र तीनवटा सुक्खा बन्दरगाहबाट व्यापार र सुविधा हासिल गर्ने कुरा त कहाँ हो, कहाँ उपभोगमा रहेका तातोपानी र केरुङ नाका पनि बन्द परेको छ । तातोपानी र केरुङमा २०-२२ दिनमा आइपुग्ने सामान अहिले कोलकाताको बाटो ४० दिनमा पुगिरहेको छ ।

२०७२ सालमा आएको भूकम्पको कारण अरनिको राजमार्गसहित तातोपानी नाका पनि क्षतिग्रस्त हुन गएको थियो । अरनिको राजमार्ग चीनसितको व्यापारमा महत्वपूर्ण नाका हो । चीनजस्तो विश्वको उदाउँदो शक्ति राष्ट्रको निम्ति अरनिको राजमार्गको मरम्मत सम्भार तथा तातोपानी नाकाको पुनर्निर्माण असम्भव थिएन तर चीनले यसमा कुनै चासो नै लिएन बरू तातोपानी क्षेत्रभन्दा केही किलोमिटर अझभित्र नै आफ्नो अनुकूलताको हिसाबले नयाँ कार्यालय सञ्चालनमा ल्याएको बुझिन्छ ।

भूकम्पको बहानामा करिब ५ वर्षसम्म सिमानाका बन्द गरेको चीनले कोभिड-१९ को समयमा सुरुमै आफ्नो नाकालाई आयात-निर्यातको निम्ति बन्द गरेको थियो । बीचमा फाटफुट रूपमा नाका खोल्ने गरेको भए पनि आफूलाई मन नपरे नाका बन्द पनि गर्दै आएको छ ।

भूकम्पको बहानामा करिब पाँच वर्षसम्म सिमानाका बन्द गरेको चीनले कोभिड-१९ को समयमा सुरुमै आफ्नो नाकालाई आयात-निर्यातको निम्ति बन्द गरेको थियो । बीचमा फाटफुट रूपमा नाका खोल्ने गरेको भए पनि आफूलाई मन नपरे नाका बन्द पनि गर्दै आएको छ । हाल पनि चीनमा कोभिडको प्रकोप बढेको अथवा बढ्न सक्ने आशंकामा तातोपानी नाकाबाट आयात पनि रोकेको छ । रसुवा नाका पनि बन्द नै गरिएको छ । आयात रोकिनु अघिसम्म नाकाबाट प्रतिदिन १४ चिनियाँ कन्टेनर सामान आयात भइरहेको थियो । नाका बन्द भएपछि व्यापारिक सामान तिब्बतमै रोकिएका छन् ।

५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो । ती कन्टेनरमा तीज र दशैँका लागि सामान लोड थिए तर रोक लगाइएको छ । गत वर्ष पनि नेपाली व्यापारीहरू यसरी नै मर्कामा परेका थिए । दशैँ, तिहार र जाडोको मौसमका लागि चीनबाट ल्याउन खोजिएका कपडा सयौं ट्रकलाई चिनियाँ नाकामा महिनौंसम्म रोकेर राखिएको थियो । यसले गर्दा नेपाली उपभोक्ताहरू महँगोमा लुगा कपडा किन्न बाध्य भएका थिए ।

भूकम्पपछि चिनियाँहरूकै इच्छा र चाहना अनुसार तातोपानी नाका धेरैपटक खुल्दै र बन्द हुँदै आएको छ । पटक-पटक नाका बन्द हुने गरेका कारण डेढ हजार जति मालबाहक कन्टेनर, २८ सय चालक र ५ हजार मजदुर परिवार बेरोजगार भएका छन् । भर्खरै सम्पन्न नेपालका परराष्ट्रमन्त्रीको चीन भ्रमणले सिमानाका सुचारु हुने सम्भावना जगाएको छ तर व्यवहारमा त अहिले पनि पुरानै अवस्था अर्थात् बन्दके अवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?