काठमाडौं । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक काठमाण्डौकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरकाे पछाडी बसेका जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई, मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजु घाइते भएका छन् । घाइते सुरेश र सुमनकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ भने अर्का घाइते रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।
बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोक्किएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको