बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ बजनी चोकमा हिजो साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका-१० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् । साहकाे उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियाे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?